जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

नवप्रवेशीलाई जिल्ला सदस्य

| दोलखा,शैलुङ
फोटो : सन्तोष श्रेष्ठ

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ १९ पालिका स्तरीय कार्यसमिति गठन गरी अभियान सकेको घोषणा गरेको छ ।

आइतबार बाखोरस्थित बसपार्कमा भएको कार्यक्रममा दावादोर्जे मोक्तान सभापति रहने गरी २३ कार्यसमिति गठन गर्दै शैलुङमा अभियान सकिएको घोषणा गरेको हो ।

समितिका उपसभापतिमा कृष्णलाल श्रेष्ठ, बिमला मोक्तान (योञ्जन), सचिव चित्रबहादुर कार्की, भिमबहादुर बुढाथोकी, सहसचिव धनकुमार मोक्तान, रामकृष्ण सुवेदी, कोषाध्यक्ष श्यामलाल घिसिङ चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरू क्रमश सिंहबहादुर तामाङ, कृष्णध्वज योञ्जन, भैरबबहादुर बुढाथोकी, कुमार अधिकारी, वीरबहादुर घतानी, उर्मिला कार्की, एष्टिका कार्की, रामेश्वर उप्रेती, सुनिता नेपाली, भरत लकाई, नेत्रबहादुर तामाङ, रामेश थपलिया, गिरेन्द्र खड्का, कुमार पाण्डेलाई चयन गरिएका छन् ।

कार्यक्रममा जिल्ला सभापति रुद्रबहादुर खड्काले नयाँ कार्यसमितिलाई शुभकामना दिदै जागरण अभियानका जस्तै एकरुपता हुने हो भने शैलुङमा नेकपा सकिने बताए । उनले थपे, गाउँपालिकाले गरेका कार्यहरूको आफूहरुले नजरअन्दाज गरिएको छ । पालिकाले आगामी वर्ष गर्ने भनेको शैलुङ महोत्सवको पूर्व तयारीमा भ्रष्टाचार हुनसक्ने भएको हुँदा खबरदारी गर्नुपर्छ, खड्काले भने ।

पूर्व जिल्ला सभापति तारा कोइरालाले शुभकामना मन्तव्यका क्रममा शैलुङलाई कम्युनिष्टहरुले मागी खाने भाडो बनाएको बताए । उनले यस अभियानले अबको आम निर्वाचनमा कांग्रेसले नेतृत्व लिनुपर्ने दबाब दिएको छ । संसारभर शैलुङलाई चिनाउने जिम्मा अब कांग्रेसको हातमा छ, उनले भने ।

कार्यक्रममा महासमिति सदस्य बर्मा लामा, ईश्वरनारायण मानन्धर, बिनिता अधिकारी(काफ्ले)सन्तोष पाण्डे, च्याङ शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शैलुङ जागरणका संयोजक महासमिति सदस्य केशवराज चौलागाईं रहेका थिए । कार्यक्रममा शैलुङ–१,दूधपोखरी जागरणका क्रममा नेकपाबाट प्रवेश गरेका नेत्रबहादुर तामाङलाई जिल्ला सदस्य मनोनित गरेको छ । 

समारोहमा दिनेश श्रेष्ठको अध्यक्षतामा शैलुङ तरुण दल समेत गठन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई ...

वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

img

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई ...

३ दर्जन भन्दाबढीले छोडे नेकपा

img

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

नुवाकोटमा नेकपाले पाए पूर्णता

img

पार्टी एकताको एक वर्षपछि नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले पूर्णता पाएको ...

पत्रपत्रिका

सबै