सुडानको हिंसात्मक हमलाको सेनाले गर्‍यो निन्दा, भएको के हो ?

| एजेन्सी

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि भएको हिंसात्मक हमलालाई लिएर त्यहाँको सेनाको निन्दा भएको छ।

उक्त हिंसात्मक हमलाका क्रममा कम्तीमा ३० जनाको ज्यान गएको खबरहरू आएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले अधिकारीहरूले अस्पतालमा पनि गोली चलाएको भन्ने खबरहरूबाट आफू सचेत भएको भन्दै एउटा स्वतन्त्र अनुसन्धानका लागि आह्वान गरेका छन्।

सुडानमा भएको उक्त हमलालाई अमेरिकाले अमानवीय भनेको छ भने ब्रिटेनले त्यसलाई क्रुर भनेको छ। अफ्रिकी सङ्घले पनि उक्त घटनाको निन्दा गर्दै तत्काल पारदर्शी अनुसन्धान थाल्न आह्वान गरेको छ।

आमहड्ताल आह्वान

गत एप्रिलमा कु मार्फत् राष्ट्रपति ओमार अल(बसिर सत्ताच्यूत भएपछि सुडानमा त्यहाँको सैन्य परिषद्ले सत्ता चलाइरहेको छ। देश गैरसैनिकले चलाउनुपर्ने माग गर्दै आएका प्रजातान्त्रिक आन्दोलनका नेताहरूले आफूहरूले ट्रान्जिसनल मिलिटरी काउन्सिल भनिने सैन्य परिषद्सँगको सबै सम्पर्कहरू तोडेर आमहड्ताल आह्वान गरेको बताएका छन्।

सोमवार बिहानै सुरक्षा सेवाका कर्मचारीहरू मुख्य प्रदर्शन क्षेत्रमा गएको बताउँदै अधिकारकर्मीहरूले भिडिओ सामाग्रीहरूमा भारी गोलाबारी चलेको सुनिएको बताएसरकारी टेलिभिजनमा बाचन गरिएको एक विज्ञप्तिमा सैन्य परिषद्ले घटना जसरी तीब्र रुपमा अघि बढ्यो त्यसप्रति आफूलाई दुख लागेको बताएको छ। उसले बाधा पुर्‍याउनेहरू र अपराधीहरूमात्रै आफ्नो निसानामा रहेको जनाएको छ।

आफ्नो विज्ञप्तिमा सैन्य परिषद्ले आफूहरू सर्वसाधारणको रक्षाका लागि समर्पित रहेको पनि जनाएको छ। यसअघि अधिकारकर्मीहरूले सुरक्षा फौजले खार्तुमस्थित एउटा अस्पताल घेरेर अर्कोमा गोली चलाएको बताएका छन्।

प्रदर्शनकारीहरूसँग निकट रहेका सुडानको डाक्टरहरूको केन्द्रिय समितिले एकजना ८ वर्षीय बालकसहित ३० जनाको ज्यान गएको जनाएको छ। हताहतीको पूर्ण विवरण आइनसकेको भन्दै उसले मारिनेको सङ्ख्या बढ्न सक्ने पनि जनाएको छ।

उक्त गोलाबारीमा सयौं मानिसहरू घाइते भएको बताइएको छ।

जर्मनी र ब्रिटेनको अनुरोधमा यसै विषयमा मंगलवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को गोप्य बैठक हुने भएको छ। - बीबीसी

प्रतिकृया दिनुहोस्

एनआरएन साउदीले दिए महिलालाई जिम्मेवारी

img

एनआरएनए साउदीको पूर्वी क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न भएको छ । जुन ...

एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा

img

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति ...

साकेला उभौली सक्यो, यायोक्खा जेद्धा गठन

img

साउदीको जेद्धामा पनि किराँतीहरुले साकेला उभौली यले दोङ-५०७९ मनाइएको छ । किराँतीहरुले ...

अरबमा उभौली मनाइयो

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ–५०७९ ...

कार्यक्रमको अनुमती नलिएका कारण मलेसियामा अयोजक, कलाकार पक्राउ

img

इदको अवसर पारेर मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु ...

अरबमा उभौलीको तयारी पुरा,कार्यक्रम शुक्रबार

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ को ...

पत्रपत्रिका

सबै