द्वायथलन खेलमा पाँच खेलाडीले जित

| नुवाकोट

 

‘जे गर्छौं गजबले गरौं र मनोरञ्जनका लागि द्वायथलन’ भन्ने नाराका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ दुईपिपल डवलीमा २० किलोमीटर साइकल दौड र १० किलोमीटर दौड कार्यक्रम शनिबार सम्पन्न भएको छ।

खेलाडीहरु एउटैले दौड कार्य सकेपछि तत्काल साइकल दौड गर्ने कार्य रहेकोले यस्ता खेललाई द्वायथलन भनिएको कार्यक्रम संयोजक मोहन नेपालले बताएका छन् कार्यक्रममा विद्यालय स्तरीय कविता प्रतियोगिता र सास्कृतिक प्रतियोगिता पनि भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता नगर प्रमुख राजेन्द्र रमण खनालको रहेको थियो भने मोहन नेपालको सभापतिमा सम्पन्न भएको हो

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुको समुहलाई शैक्षिक सामग्रीका साथ आयोजक लियो क्लब अफ नुवाकोट परोपकारले प्रमाणपत्र वितरण गरिएका थिए । सहभागी विद्यालयका विद्यार्थीहरुलाई समेत सहभागीता प्रमाणपत्र वितरण गरिएका थिए

कविता प्रतियोगिता तर्फ गौलिङ्गेश्वर माविका छात्रा प्रतीक्षा सुवेदी प्रथम भए भने पन्चासे माविका अस्मिता न्यौपाने द्वितीय र कामरुदेवी माविका सन्दिप लामिछाने तृतीय भएका थिए

साँस्कृतिकतर्फ पन्चासे मावि प्रथम, वनदेवी आधारभूत विद्यालय द्वितीय र कामरुदेवी मावि तृतीय भएको थियो । द्वायथलन खेल तर्फका खेलाडी प्रथम रमेश दर्लामी भए भने किरण मल्ल र लक्ष्मण मल्ल द्वितीय भए । त्यस्तै सुरज रानामगर र अनिसा गुरुङ तृतीय भए

कार्यक्रममा प्रिया विश्वकर्माको नाचले अझ सौन्दर्य दिलाएका थिए । लोक गायक बिमल श्रीपाली र आधुनिक गायक राजन बरालको धमाकेधार प्रस्तुतिले सहभागीहरु मनोरञ्जनमा झुमेका थिए मगर बाजा समूहले बाजा बजाएर र लाखे जात्रा समूहले लाखे नाचको प्रस्तुति देखाएका थिए

कार्यक्रममा नगर प्रमुखले लियो क्लब अफ नुवाकोट परोपकारले जे जस्तोसुकै कार्यक्रम गरे पनि आफू समय मिलाएर उपस्थिति भैरहने र समाज गाउँ ठाउँको सकारात्मक परिवर्तनको लागि नगरबाट सधै साथ दिने प्रतिबद्धता समेत गरेका थिए । नगर प्रमुख खनालले चुनावमा बोलेका कुरा व्यबहारमा समेत उतार्ने र बोली मात्रै नभइ काममा समेत गरेर देखाइ दिने पूर्ण अठोट व्यक्त गरेको थियो

प्रतिकृया दिनुहोस्

म्याग्दीले उचाले ट्रफी

img

प्रवासी मिलन एकता समाज साउदीद्धारा आयोजित भलिबल प्रतियोगितामा म्याग्दी समुह विजेता बनेको ...

तङ्ग–इल मो–दोमा श्रेष्ठ

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको ...

महिला खेलाडीलाई प्रजनन स्वास्थ्य बारे प्रशिक्षण

img

सर्लाहीको बागमती नगरपालिकाले महिला खेलाडीहरुको सहभागितामा एक दिने महिलाको प्रजनन अंग तथा ...

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि सुरु

img

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि इङ्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । ...

संघ भक्तपुरको नेतृत्वमा रानामगर

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको ...

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

पत्रपत्रिका

सबै