महिला खेलाडीलाई प्रजनन स्वास्थ्य बारे प्रशिक्षण

| सर्लाही

सर्लाहीको बागमती नगरपालिकाले महिला खेलाडीहरुको सहभागितामा एक दिने महिलाको प्रजनन अंग तथा स्वास्थ्य सम्बन्धी जानकारीमुलक कार्यक्रम संचालन गरेको छ । शनिबार बागमती नगरपालिका भित्रका महिला फुटबल खेलाडीलाई सहभागी गराएर महिला प्रजनन सम्बन्धी आवश्यक कुराहरूको जानकारी दिएको हो

बागमती नगरपालिकाको आयोजनामा संचालन भएको कार्यक्रम यसअघि तयार गरेको प्रशिक्षकहरुको सहभागीतामा उक्त कार्यक्रम गरेको हो । नगरपालिका कार्यालयको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाभित्रका झण्डै सय भन्दा बढीको संख्यामा महिला खेलाडीको सहभागीता रहेको थियो बिषेश गरेर किशोरी अवस्थामा महिलाहरुमा आउने शारीरिक परिवर्तन तथा त्यसले उनीहरुलाई मानसिक रुपमा पार्ने असरलाई बिशेष जोड दिने प्रशिक्षण दिएका थिए

कार्यक्रमले उनीहरु स्वयम त्यस्ता समस्याबाट गुज्रने तथा घर परिवारमा समेत सचेतना फैलाउन सक्ने भएकाले उनीहरुलाई प्रजनन अंगको बारेमा समेत जानकारी हुने गरी प्रजनन शिक्षा प्रदान गरिएको बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानको भनाई छ समग्र नगर भित्रका महिलाले लोक लाजको कारण कुनै रोग लुकाएर नबसुन भन्ने उद्देश्य लिएर यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताइन् । प्रशिक्षणमा सहभागी महिला खेलाडीहरुले प्रजनन स्वास्थ्यको बारेमा जानकारी पाएको तथा घरका अन्य परिवारलाई समेत सचेत गराउन सक्षम भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

म्याग्दीले उचाले ट्रफी

img

प्रवासी मिलन एकता समाज साउदीद्धारा आयोजित भलिबल प्रतियोगितामा म्याग्दी समुह विजेता बनेको ...

तङ्ग–इल मो–दोमा श्रेष्ठ

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको ...

द्वायथलन खेलमा पाँच खेलाडीले जित

img

  ‘जे गर्छौं गजबले गरौं र मनोरञ्जनका लागि द्वायथलन’ भन्ने नाराका साथ नुवाकोटको ...

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि सुरु

img

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि इङ्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । ...

संघ भक्तपुरको नेतृत्वमा रानामगर

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको ...

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

पत्रपत्रिका

सबै