३ दर्जन भन्दाबढीले छोडे नेकपा

नेकपा दुधपोखरीलाई धक्का

| दोलखा,शैलुङ
फोटो : मिन घिसिङ

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ गते दोलखाको शैलुङ गाउँपालिका-१,दुधपोखरीमा पनि जागरण सकिएको छ ।

जागरण साविक ताम्चेत दुधपोखरी-६ स्थित रहेको वडा भवन ठाडेमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपाका पुराना नेता नेत्र बहादुर तामाङको नेतृत्वमा ४० जना भन्दा बढीले पार्टी त्याग गरी काँग्रेसमा प्रवेश गरेको छ । कम्युनिस्टको गढ मानिने शैलुङ-१,दुधपोखरीमा वृहत् काँग्रेसमा प्रवेश गरेको पहिलोपटक हो ।

गत स्थानीय निर्वाचनमा तत्कालीन एमालेका प्रतिद्वन्दी समेत काँग्रेस रहेका थिए । जागरणमा पुर्व जिल्ला सभापति तारा कोइराला, महासमिति सदस्य बर्मा लामा, जिल्ला कार्यसमितिका सदस्य सिंगाबहादुर घिसिङ,बिर बहादुर घतानी,काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष कृष्णध्वज योञ्जन,दोलखा तरुणका पुर्व उपाध्यक्ष कुमाार अधिकार गाउँ सभापति प्रेम(तेञ्जेन)मोक्तान लगायतले नवप्रवेशीहरुलाई खादा र सिन्दुरले स्वागत गरेका थिए ।

कार्यक्रममा पुर्व जिल्ला सभापति कोइरालाले नवआगन्तुकहरुलाई स्वागत गर्दै पार्टीको जागरणलाई सहयोग गरेकोमा वडा पार्टीलाई धन्यवाद दिदै कम्युनिस्ट गढलाई काँग्रेसको पक्षमा पारेर आगामी निर्वाचनमा पत्ता साफ गर्ने दावा व्यक्त गरे ।

महासमिति सदस्य लामाले एकजुट भइ कम्युनिस्टका खोल ओढेर फासीवाद लाद्न खोज्नेहरुलाई खबरदारी गरिनुपर्ने बताए । उनले थपे-आफुलाई कम्युनिस्ट भन्नेहरु लोप र लालचामा फसेकाले मुलुकलाई बन्दक बनाएको छ । आगामी निर्वाचनमा दुधपोखरी कांग्रेसले कम्युनिस्टको गढ भत्काउनेमा निश्चित छ ।

सभापति प्रेम रहेका जागरण कार्यक्रम श्याम लाल घिसिङले सञ्चालन गरेका थिए ।

पछिल्लोपटक शैलुङ-१,दुधपोखरीमा काँग्रेसले आफ्नो पकड जमाउन थालेका छन् । यसरी बाक्लो रूपमा स्थानीयहरु काँग्रेसको कार्यक्रमहरुमा उपस्थित हुनथालेको पार्टीको १३ औं गाउँ अधिवेशनदेखि हो । त्यसअघि दुधपोखरी काँग्रेसले खुल्ला ठाउँमा अधिवेशन गराउन सकेको थिएन ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई ...

वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

img

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई ...

जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

img

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

नुवाकोटमा नेकपाले पाए पूर्णता

img

पार्टी एकताको एक वर्षपछि नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले पूर्णता पाएको ...

पत्रपत्रिका

सबै