पिता महेशसँग काम गर्दा आलिया भट्ट नर्भस

| मुम्बई

अभिनेत्री आलिया भट्टले बलिउडमा निकै हिट फिल्म दिएकी छिन्। तर आफ्ना पिता महेश भट्टका साथ फिल्ममा सुटिङ गर्दा पटकपटक नर्भस भएकी छिन्। फिल्म ‘सडक–२’ को सुटिङको क्रममा पनि उनी नर्भस भएको खुलासा गरेकी छिन्।

आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै मेसेज लेखेकी छिन् कि उनी पिता महेश भट्टका साथ काम गर्दै गर्दा नर्भस भएकी छिन्। सुटिङको पहिलो दिनको पहिलो दृश्यको क्ल्याप देखाइएको तस्बिर अपलोड गर्दै उनले लेखेकी छिन्, ‘यो क्ल्याप समात्ने मेरा पिता हुन् र अब मेरा डाइरेक्टर पनि।’

फिल्मको आगामी दिनको सुटिङबारे उनलाई कस्तो अनुभूति भइरहेको छ भन्ने प्रश्नमा आलियाले भनिन्, ‘साँच्चै भनु भने म धेरै नै नर्भस छु।’ आलिया भन्छिन्, ‘मलाई सानो मुसाजस्तो महसुस भइरहेको छ, जो राम्रो ठूलो पहाडमा पर चढ्न कोसिस गर्दैछ।’

आलिया अगाडि भन्छिन्, ‘मलाई आशा छ, म शिखरमा पुग्नेछु। यदि लडे भने पनि उभिन सकुँ। शिखर चढ्नु गाह्रो काम हो। तर मैले जे देखेको छु, सुनेको छु, त्यसले मेरा हरेक हर कदम व्यर्थ जाने छैन।’ फिल्म ‘सडक–२’ मा आलिया भट्टका साथ आदित्य राय कपुर, सञ्जय दत्त तथा पूजा भट्ट पनि मुख्य भूमिकामा छन्। - एजेन्सी

प्रतिकृया दिनुहोस्

यस्ता युवतीहरु प्रेममा बफादार

img

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने ...

मोडल मदन घर्ती

img

पोखराका स्थायीबासी मदन घर्ती भने मोडलिङमा निकै ठुलो सोच र सपना लिएर ...

हट दिव्या

img

दिव्या ढुंगाना ईलामकी स्थायी बासिन्दा हुन् । सानैदेखि नै मोडलिङमा सपना देख्ने ...

रंगाउदै विनु शाक्य र विशाल थापा

img

कलाकारहरूले होली विभिन्न तरिकाले मनाएको हुन्छ । यस सन्दर्भमा कलाकार विनु शाक्य ...

नायिका पूर्णिमा लामा

img

...

पहिरनमा मैच्याङ

img

...

पत्रपत्रिका

सबै