नुवाकोटमा नेकपाले पाए पूर्णता

| नुवाकोट

पार्टी एकताको एक वर्षपछि नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले पूर्णता पाएको छ । नुवाकोटको विदुरमा बिहीबार पार्टी पदाधिकारी तथा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला संयोजक, सचिव तथा सदस्यलाई पद तथा गोपनियताको शपथ गराएकी हुन्। 

नुवाकोटमा संयोजक हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा र छिमेकी रुसुवामा संयोजक कन्र्याल लामा र सचिवमा इन्द्र गौतम जगतजंग रहेका छन् ।
नुवाकोटमा खतिवडाद्वयसहित १ सय ४५ जनाले शपथ ग्रहण गरेका छन् ।  

नुवाकोटमा पूर्वएमालेबाट ७४ र पूर्वमाओवादीबाट ७१ गरी कुल १ सय ४५ जनाको जिल्ला कमिटी रहेको छ । 

प्रदेश ३ की इन्चार्ज शाक्यले नेकपाको एकताले देशमा छुट्टै तरङ्ग आएको बताइन् ।

नेकपा प्रदेश ३ का सांसद हितबहादुर तामाङले सरकार र नेकपाविरुद्ध अनेक षडयन्त्र भइरहेका कारण त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई ...

वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

img

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई ...

जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

img

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ ...

३ दर्जन भन्दाबढीले छोडे नेकपा

img

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

पत्रपत्रिका

सबै