समृद्धिका पाइतलाहरू बिँझाउने गर्छन्

अचेल कति सस्तो छ प्रशंसा 
वाओ .......
कति सस्तो प्रशंसाले 
प्रशंसा गरिन्छन् अक्षर र शब्दहरूको 
वाओ  ....... 
प्रशंसा हो कि निन्दा 
अझै भनौं एक ढाकरै लोप्पा ।

म देख्दै छु स्पष्ट 
त्यो वाओभित्र प्रतिबिम्बित् दूषित धुँवाधुलोले 
प्रतीकात्मक काम गरिरहेका छन् 
सुन होकि पित्तल 
बाघ हो कि चित्तल 
छुट्याउनै गार्हो, साँच्चै भनुँ केलाउनै गार्हो ।

जसले जस्तो देखे पनि 
म त्यही हुँ
जसलाई छुट्याउन गार्हो परिरहेछ 
मानौं विना बादलको पानी परिरहेछ 
तर म केवल एक अक्षर र शब्द हुँ 
कसैले पूण्य रोप्छ त कसैले पाप 
फल्छ दुबैको बराबर 
लटरम्मै भएर ओजस्वी गर्हुँङ्गो फल 
अझै भनुँ ( पापै फल्छन् लटरम्मै हाँगाहरूमा 
तर त्यो फलमा स्वाद शून्य 
केवल ब्वाँसोका दाँतहरू पलाईरहेका हुन्छन् । 

हुन त दुबै गुलियो हुन्छ 
चिनी र मह पनि 
कहाँ राजाभोज कहाँ गङ्गुतेली 
आखिरी मह मह नै हो 
फुल्न त अरू पनि फुल्छन् 
तर कहाँ हुन्छ सबै फूल बेली र चमेली ? 

फरक यत्ति हो, 
काँडाहरू जहिल्यै पनि 
समृद्धिका पाइतलाहरू बिँझाउने गर्छन् । 

महोत्तरी, गौशाला न. पा. १ 

प्रतिकृया दिनुहोस्

ठोक सलामी ए मलामीहरू हो 

img

‘’मेरो देश दुखिरहेछ ऐया ऐया गर्दै  तर यहाँ लाखौँ मलामीहरूको भीडमा  बर्दी लगाएर सलामी ...

‘आगोको लप्का’ मा हाइकु लालित्यको बिम्व

img

नेपाली साहित्यिक आकाशमा हाइकु एक स्थापित नाम भइसकेको छ । हाइकु भनेको ...

प्रदूषणका कुहिएका चल्लाहरू 

img

जेठो दाइ आउँदा  कूचो लगायौ तिमीले  तर  अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।  नारा उखान ...

डोकोनाङ्लो डटकम 

img

‘बिक्नै छाडे, अब के गर्ने होला ?’ छेवाङले निगालोको भारी आँगनमा फाले ...

ऐँसेलुको बाप

img

गर्मीमा परेको पानीको शीतलता आनन्दको पर्यायवाची हुन् । उधुम गर्मीमा आइसक्रिम खाएर ...

जेब्रा क्रसमाथि... 

img

पछिल्लो समय प्रायः सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता, कथा, ...

पत्रपत्रिका

सबै