आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै 

| काठमाडाैं

चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्पराको संरक्षण, प्रवद्र्धन र पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले तेस्रो आदिवसी जनजाति चलचित्र महोत्सव हुने भएको छ ।

महोत्सव जेठ २४, २५ र २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा हुने भएको छ । चलचित्र महोत्सव आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गर्न लागेको हो ।

बुधवार नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गर्दै विगत दुई वर्ष देखि आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्देै आइरहेकोले यो वर्ष पनि निरन्तरताको लागि महोत्सव आयोजना गर्न लागेको बताए । 

२०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भए देखि अहिले सम्म झण्डै ७०० सय भन्दा बढी कथानक आदिवासी चलचित्र र ५०० भन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भएका छन् । राज्यको नितिगत समस्याका कारण आदिवासी जनजातिको चलचित्रको विकास हुन सकेको छैन । ति चलचित्रहरुको च्रचार र निर्माणमा हौसला प्रदान गर्न महोत्सवको आयोजना हुन लागेको हो । 

महोत्सवमा गुरुङ, माझी, शेर्पा, राजवंशी, राई, सुनुवार, तामाङ, थारु, मगर, नेवार, लिम्बु, भुजेल राष्ट्रहरुको कला संस्कृति, भाषा, धर्म, परम्परामा आधारित २० वटा चलचित्र प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए । 

महोत्सवमा विभिन्न आदिवासी जनाजाति राष्ट्रहरुको परम्परागत खानाको स्टलहरु, मौलिक भेषभुषा, हस्तकला र पुस्तकको स्टलहरु रहने छन्  । महोत्सवमा दर्शकहरुबाट छनौट भएको उत्कृष्ट चलचित्रलाई पव्लिक च्वाइस अवार्ड, उत्कृष्ट जुरी अवार्ड, उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेरामेन गरि ६ विधामा अवार्ड गर्न लागेको आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस्

फोनिज कोरियाले जातिय पहिचान बारे संवाद गर्ने

img

कारियामा रहेका जातिय संस्थाहरुको प्रतिनिधिहरुलाई मञ्चमा राखेर यही जुन ३० तारिख संवाद ...

आइटिसीको सम्मेलन थाइल्याण्डमा

img

अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) को पूर्वी क्षेत्रिय समितिको सम्मेलन थाइल्याण्डमा हुने भएको ...

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

पत्रपत्रिका

सबै