ऐँसेलुको बाप

गर्मीमा परेको पानीको शीतलता आनन्दको पर्यायवाची हुन् । उधुम गर्मीमा आइसक्रिम खाएर ठण्डा महसुस गरेजस्तै । अझ प्रबिधिमैत्री एसीको भन्दा प्राकृतिक शीतल । ठण्डामा विष्मृत यादहरु पुनर्ताजागी हुने गर्छन् । आ–आफ्नो सम्बन्धित तनाव पनि मुक्त हुन्छन् ।

यतिबेला बाल्यकालको सम्झना मथिङ्गलमा ताजागी भएको छ । यस समयमा बिहानै नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ७ स्थित (तत्कालिन चतुराले गाविस–६) श्री ब्रह्मायणी प्राथमिक विद्यालयमा अध्ययन गरिन्थ्यो । दिउँसोको समयमा प्रायःजसो गोठालो जाने गरिन्थ्यो । त्यतिबेला बिशेषतस् गोठालो खोलानजिकैको जंगलमा हुन्थ्यो । किनकि गर्मी छल्नलाई खोलामा पौडिएर बस्थे, साथीहरूसँगै । खोलाको पानी र आकाशबाट झरेको पानीको मिलनबिन्दुले छुट्टै आनन्द दिन्थे । त्यसबेला पनि कहिलेकाहीँ आज जस्तै गरि पानी पर्थ्यो ।

ऐँसेलु त धेरै जम्मा पारेर लेदो बनाएर बाप (जाँड) को रुपमा दुना बनाएर खुबै पिइन्थ्यो ।

खोलाको किनारामा बसेर खुबै आँप खाइन्थ्यो । घरबाट जिरे खुर्सानी पिसेर लगिन्थ्यो । पौडी खेलेपछि जिरे खुर्सानी र नुनको साथमा आँप खानुको मज्जा बिशेष हुन्थ्यो । अमिलो , नुनिलो र पिरोको मिश्रण कम्ती स्वादिलो थिएन । गाउँमा बाँस प्रशस्तै हुने भएकोले बाँसुरी पनि साथमा हुन्थ्यो । त्यस शीतलतासँगै बाँसुरीको बेसुरा धुन निकालेर खोलाको सुसाइमा मिलाउने प्रयास गरिन्थ्यो । अनि जंगलमा गाईबाख्रा कलिला घाँस खानमै मग्न हुन्थे ।

हिजोआज सहरको केही सांगीतिक कार्यक्रम वा गीतमा बाँसुरी धुन सुन्दा आलहदित हुन्छु । कहिले आँप त कहिले नासपती र लिची हुने गर्थ्यो । साथीहरूले ल्याएका र आफुले लगेका समानुपातिक बाँडफाँड गरेर खाइन्थ्यो । कहिलेकाहीँ चाँहि पहेँलापुर पाकेका ऐँसेलु र काफल हुन्थ्यो । अझ ऐँसेलु त धेरै जम्मा पारेर लेदो बनाएर बाप (जाँड) को रुपमा दुना बनाएर खुबै पिइन्थ्यो । वास्तविक बाप खाएर लागेजस्तो अभिनय पनि गरिन्थ्यो ।

कहिलेकाहीँ बाख्राले मकै खाइरहेका हुन्थे । हामी खोलामा पसेपछि गाईबाख्रा जंगलमा नै हुनेछन् भन्ने बिश्वास गरिन्थ्यो । मकै गोड्दागोड्दैको मकैधनीले बाली नोक्सानी गरेकोमा खोलामा नै आएर सजाय दिन खोज्थे । हामी कट्टुमा मात्रै भागभाग हुन्थ्यौं । कोही कोहीको चिसोले गर्दा कट्टु भारी भएर झर्थ्यो । त्यही कट्टुले अलमलिएर सजाय भेट्थे । कहिलेकाहीँ बाली नोक्सान एउटाको वस्तुले गर्थ्यो सजाय भने अर्कोलाई हुन्थ्यो । हामी खुबै हाँस्दै जिस्किन्थे ।

प्रतिकृया दिनुहोस्

ठोक सलामी ए मलामीहरू हो 

img

‘’मेरो देश दुखिरहेछ ऐया ऐया गर्दै  तर यहाँ लाखौँ मलामीहरूको भीडमा  बर्दी लगाएर सलामी ...

‘आगोको लप्का’ मा हाइकु लालित्यको बिम्व

img

नेपाली साहित्यिक आकाशमा हाइकु एक स्थापित नाम भइसकेको छ । हाइकु भनेको ...

प्रदूषणका कुहिएका चल्लाहरू 

img

जेठो दाइ आउँदा  कूचो लगायौ तिमीले  तर  अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।  नारा उखान ...

समृद्धिका पाइतलाहरू बिँझाउने गर्छन्

img

अचेल कति सस्तो छ प्रशंसा  वाओ ....... कति सस्तो प्रशंसाले  प्रशंसा गरिन्छन् अक्षर र शब्दहरूको  वाओ ...

डोकोनाङ्लो डटकम 

img

‘बिक्नै छाडे, अब के गर्ने होला ?’ छेवाङले निगालोको भारी आँगनमा फाले ...

जेब्रा क्रसमाथि... 

img

पछिल्लो समय प्रायः सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता, कथा, ...

पत्रपत्रिका

सबै