१५ खर्बको बजेट, बृद्ध भत्ता बढ्यो, करको दर सामान्य

| काठमाडाैं

सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार २०७६÷०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट विनियोजन गरेका हुन् । बजेट भाषण गर्दै डा. खतिवडाले स्रोत व्यवस्थापनतर्फ ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको बताए । बैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख उठाउनेछ, उनले भने ।

आर्थिक वर्ष २०७५÷०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका थिए । 

गत वर्षको भन्दा अनुमानित २ खर्ब ले बढी बजेट विनियोजन गरिएको छ  ।

सासु भत्ता

बजेटले सामाजिक सुरक्षा कार्यक्रमलाई ३ हजार पु¥याएको छ । यसमा एकल महिलालाई २ हजार पाउने भएको छ । 

तलब

यसैगरी सरकारी कर्मचारीको तलबतर्फ क्रमशः राजपत्र अनंकित २० र  राजपत्रांकित १८ प्रतिशत बृद्धि भएको छ ।

६ करोड 

चालु आर्थिक वर्षबाट शुरु गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको वृद्धि गरी प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड पुर्याउन ९ अर्ब ९० करोड बिनियोजन गरिएको छ ।

एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा संयुक्त रुपमा आयोजना छनोट गर्न सक्ने व्यवस्था मिलाइनेछ । स्थानीय तहसँगको लागत सहभागीतामा सवै स्थानीय तहको न्यूनतम पूर्वाधार विकास गरिनेछ ।
मानवविकास सूचकांकमापछि परेका जिल्लाहरुको भौतिक पूर्वाधारको निर्माणमा जोड दिइने छ ।

संचार 

सबै प्रदेशमा संचारग्राम स्थापना गरिनेछ । लोककल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि गरिएको छ ।

नेपालको आफ्नै स्याटलाइट स्थापना गरिनेछ । श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याइनेछ ।

निर्माण

जनता आवास अन्र्तगत ३० हजार घर बनाउन ४ अर्ब ३० करोड विनियोजन गरेको छ । 

जोखिमयुक्त स्थानमा रहेका परिवारलाई जोखिममुक्त बनाउने ५० करोड छुट्याएको छ ।

अर्थमन्त्री डा. खतिवडाले आवास पुननिर्माणका लागि १ खर्ब ४१ अर्ब विनियोजन गरेको छ । धरहरा निर्माण गर्न १ अर्ब विनियोजन गरेको छ ।

प्रधानमन्त्री ८ अर्ब

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा ८ अर्व विनियोजित गरेको छ । सुदुरको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म हिमालय पदमार्ग रेखाङ्कन गरी पर्यटन विकास गरिनेछ । 

कुन सडकलाई कति ?

पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसका साथै उनले यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको जानकारी दिए ।

यसैगरी गल्छी–त्रिशुली–मैलुङ सडकलाई १ अर्ब ५८ करोड, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड र बीपी राजमार्गको लागि ९६ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्री डा. खतिवडाले बजेट प्रस्तुत गरेका छन् । 

टोखा–छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको छ । प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसतै २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

यसका साथै रेल र जल यातायातको लागि १ खर्ब ६३ अर्ब बिनियोजन गरिएको छ । उनले उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने जनाए ।

सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख गरिएको छ । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने मन्त्री खतिवडाले उल्लेख गरे ।

पूर्वाधार

उदयपुर र हेटौडा सिमेन्ट उद्योगको क्षमता विस्तार गरिनेछ । औद्योगिक क्षेत्रमा पूर्वाधार विकासको लागि २ अर्ब विनियोजित गरिएको छ । 

चोभारमा सुख्खा बन्दरगाह खोलिनेछ । 

सिंचाई क्षेत्रमा २३ अर्ब विनियोजित गरिएको छ । 

कर

घरजग्गा कारोबारमा १० प्रतिशत र अन्यत्र ५ प्रतिशत मात्र अग्रिम पुँजीगत लाभकर लाग्ने गरी व्यवस्था गरिएको छ ।

आगामी बर्षलाई बृक्षरोपण बर्ष घोषणा गरेको छ । आगामी बर्ष युवा बैज्ञानिक सम्मेलन गर्ने कार्यक्रम घोषणा गरिएको हो ।

अतिक्रमित सरकारी जग्गाहरु आगामी बर्षभित्र सरकारीकरण गरिनेछ । आगामी २ बर्षभित्र धनीपूर्जा विद्युतीकरण गरिनेछ ।

गत वर्ष झैं लोकप्रिय नारारहित तथ्यपरक बजेट भाषण प्रस्तुत गरिएको छ । 

प्रतिकृया दिनुहोस्

मेगाले दिए क्यूआर कोड

img

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई ( QR code) क्यूआर कोड हस्तान्तरण ...

एकललाई कृषि सामग्री 

img

नौकुण्ड गाउँपालिका–४ सरमथलीका ३० जना अति विपन्न एवं एकल महिलाहरुलाई कृषि सामग्री ...

मानसरोवर जाने बढे 

img

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तिर्थयात्री बढेका छन् ।  अरुबाट भन्दा रसुवागढीबाट ...

स्थानीयलाई ८२ करोड ३७ लाख

img

रसुवाका पाँचवटा स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड ३७ लाख ...

२०७६/०७७ काे बजेट (पूर्णपाठ)

img

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

तलब २० प्रतिशत बढ्यो

img

सरकारले बुधबार आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको ...

पत्रपत्रिका

सबै