एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि सुरु

| इङ्ल्याण्ड

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि इङ्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । विश्वकपअघि मंगलबार न्यूजिल्याण्डविरुद्ध खेलेको अभ्यास खेलमा वेस्ट इन्डिजका ब्याट्सम्यानले आफ्नो आक्रमक ब्याटिङको शक्ति प्रदर्शन गरेका छन् । इङ्ल्याण्डको ब्रिस्टोलस्थित कोन्टी ग्राउन्डमा भएको खेलमा वेस्ट इन्डिजले न्यूजिल्याण्डलाई ९५ रनले पराजित गर्‍यो । न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ४९।२ ओभरमा अलआउट हुँदै ४२१ रन बनायो । न्यूजिल्याण्डले ४७।२ ओभरमा ३३० रन बनाउँदा सबै विकेट गुमायो । 

पाका खेलाडी क्रिस गेलदेखि युवा खेलाडी सबैले राम्रो स्कोर बनाए । ११ खेलाडीमध्ये ९ जनाले २० भन्दामाथिको स्कोर बनाए । एकले शतक र दुईजनाले अर्धशतक बनाए । यस सिजनको आईपीएलमा चम्किएका अलराउन्डर आन्द्रे रसेल यस खेलमा पनि चम्किए । उनले २५ बलमा ५४ रन बनाए । विश्वकपमा पनि आफ्नो ब्याटिङ पावर देखाउने संकेत दिएका छन् । 
विकेटकिपर शाइ होपले ८६ बलमा १०१ रन बनाए । युवा खेलाडी इभिन लेविजले पनि ५० रन बनाए । गेलले भने २२ बलमा ३६ रन बनाए । उनले यसै विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् । 

वेस्ट इन्डिजका खेलाडीको ब्याटिङ कार्ड 

विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले पनि आक्रामक सुरुवात गर्‍यो । विकेटकिपर टम ब्लन्डेल ८९ बलमा १०६ रन बनाए । कप्तान केन विलियमसनले ६४ बलमा ८५ रन र बलर इश सोधीले १६ बलमा ३९ रन जोड भने अन्यले सामान्य प्रदर्शन गरे ।  राम्रो ब्याटिङ गरे पनि विशाल लक्ष्य भेट्उन सकेनन् ।
शनिबार भारतसँगको अभ्यास खेलमा भारतलाई जम्मा १७९ रनमा रोकेका न्युजिल्याण्डका बलर वेस्ट इन्डिजका ब्याट्सम्यानसामु निरीह सावित भए । भारतविरुद्ध ४ विकेट लिएका ट्रेन्ट बोल्ट यस खेलमा पनि ४ विकेट लिन सफल भए । 

एकदिवसीय विश्वकपको सुरुवातका दुई संस्करणको उपाधि जितेको वेस्ट इन्डिज यस पटक पनि आफूलाई विश्वकपको प्रबल दावेदारको रुपमा उभ्याएको छ । टी–ट्वीन्टी विश्लकपका ६ संस्करण मध्ये वेस्ट इन्डिजले मात्रै दुई संस्करणको उपाधि जितेको छ । 
बिहीबार विश्पकपको पहिलो खेलमा आयोजक इङ्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् ।

प्रतिकृया दिनुहोस्

म्याग्दीले उचाले ट्रफी

img

प्रवासी मिलन एकता समाज साउदीद्धारा आयोजित भलिबल प्रतियोगितामा म्याग्दी समुह विजेता बनेको ...

तङ्ग–इल मो–दोमा श्रेष्ठ

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको ...

द्वायथलन खेलमा पाँच खेलाडीले जित

img

  ‘जे गर्छौं गजबले गरौं र मनोरञ्जनका लागि द्वायथलन’ भन्ने नाराका साथ नुवाकोटको ...

महिला खेलाडीलाई प्रजनन स्वास्थ्य बारे प्रशिक्षण

img

सर्लाहीको बागमती नगरपालिकाले महिला खेलाडीहरुको सहभागितामा एक दिने महिलाको प्रजनन अंग तथा ...

संघ भक्तपुरको नेतृत्वमा रानामगर

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको ...

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

पत्रपत्रिका

सबै