स्वच्छ सफा र हरित रसुवा

| रसुवा

‘स्वच्छ सफा र हरित रसुवा’ अभियानमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहित विभिन्न संघसंस्थाका लागेका छन् । 

गोसाईकुण्ड गाउँपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय रसुवा र वडा नं. ६ धुन्चे बजार आसपासमा सरसफाई अभियान गरिरहेको छ । पहिलो हप्ता बजारमा र दोस्रो हप्ता शिव मन्दिरबाट त्रिशुली नदी किनारासम्म सरसफाई  गरेका छन् । 

प्रजिअ भण्डारीसहित लाङटाङ राष्ट्रिय निकुञ्ज, जिल्ला प्रहरी कार्यालय, डिभिजन कार्यालय, शसस्त्र प्रहरी गुल्म धुन्चे, कालिजंग गण रसुवा, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाईटीले पत्रकार महासंघसँग सहकार्य गरी हरित रसुवा अभियानमा जुटेका हुन् । 

एक वर्षदेखि सरसफाई अभियान सुरु भएतापनि नियमितता थिएन । प्रजिअ भण्डारी आइसकेपछि साप्ताहिक रुपमा अभियानलाई अगाडि बढाइएको हो ।  

उनले लाङटाङ संरक्षण सरोकार समाज (ल्याकोस) जिवाई टिडिएस नेपाल, सक्षम सोसाईटी नेपाल, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, लगायतका संघसंस्थाहरुसँग पनि सहकार्य गरेका छन् । 

प्रतिकृया दिनुहोस्

निशुल्क स्वास्थ्य परिक्षण

img

राम अवतार जनता मावि अत्रौलीका विद्यार्थीहरुको मंगलबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ...

काजु खानुको फाइदै फाइदा, बलियो हड्डीदेखि रोगमुक्तीसम्म

img

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु ...

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

घुम्तिमा ९ सय ८६ 

img

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

खुलेर भन्न नसक्ने बारे सचेतना

img

महिला प्रजनन तथा स्वास्थ्य सम्बन्धी जानकारीमूलक सचेतना बिहीबारबाट सुरु भएको छ । सर्लाहीको ...

पत्रपत्रिका

सबै