हुवावेईको छुट्टै अपरेटिङ सिस्टम

| काठमाडौं
Google

चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईले आफ्नै अपरेटिङ सिस्टम ल्याउने तयारी गरेको छ । कम्पनीको कन्जुमर बिजनेशका सीईओ रिचार्ड यूले हुवावेईले यस वर्षको अन्त्यसम्ममा आफ्नै अपरेटिङ सिस्टम आउन सक्ने बताएका हुन् । उनले यस वर्षभित्र नयाँ अपरेटिङ सिस्टम स्मार्टफोन र ल्यापटपमा प्रयोग गर्न सकिने बताएका छन् । सीएनबीसीका अनुसार कम्पनीले अमेरिकी प्रविधि कम्पनीहरू गूगल र माइक्रोसफ्टको सफ्टवेयर पूर्णरूपमा निषेध गरेको खण्डमा मात्र आफ्नो सफ्टवेयर प्रयोग गर्नेछ ।

हुवावेई अमेरिकी कम्पनीसँग कारोबार गर्न नपाउने सूचीमा परेको छ । यसअनुसार हुवावेईलाई अमेरिकी कम्पनीले सामग्री आपूर्तिका लागि विशेष अनुमति लिनुपर्ने हुन्छ । जसका कारण हुवावेईले गूगलको अपरेटिङ सिस्टम एन्ड्रोइडको सेवा पाउनेछैन । साथै, अन्य अमेरिकी कम्पनीको सेवा पनि हुवावेईले पाउने छैन । तर, हुवावेईमाथिको प्रतिबन्ध अमेरिकाले ९० दिन स्थगित गर्ने निर्णय गरेको छ ।

यूले नयाँ अपरेटिङ सिस्टम चीनभन्दा बाहिर सन् २०२० को पहिलो वा दोस्रो त्रैमाससम्ममा आउने बताएका छन् । अझै पनि हुवावेई माइक्रोसफ्टको विन्डोज र गूगल एन्ड्रोइडका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ । तर, उक्त सेवा नपाउने अवस्था आए हुवावेईले त्यसको विकल्पको रूपमा आफ्नै अपरेटिङ सिस्टम ल्याउने यूको भनाइ छ ।

हुवावेईले ल्याउने अपरेटिङ सिस्टममा आफ्नै एप स्टोर हुने यूले जानकारी दिएका छन् । उनले आफूहरू जबर्जस्ती नयाँ अपरेटिङ सिस्टम ल्याउने पक्षमा भने नरहेको बताएका छन् । अनुसन्धाता कम्पनी काउन्टरप्वाइन्ट रिसर्चका अनुसन्धान निर्देशक नेइल शाहले गूगलले दिइरहेको सेवा नयाँ अपरेटिङ सिस्टममा प्रदान गर्नु हुवावेईका लागि ठूलो चुनौती रहेको बताएका छन् । साथै, कम्पनीलाई उक्त अपरेटिङ सिस्टममा विभिन्न एपको सुरक्षा तथा व्यवस्थापन गर्नु अर्को चुनौती रहेको बताइएको छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

हरिवनमा अनलाइन प्रविधि 

img

हरिवनमा रहेको मालपोत कार्यालयमा अनलाइन प्रबिधिबाट काम सुरु भएको छ ।  हरिवन नगरपालिकाका ...

नेपालको मिनी स्याटलाइट अन्तरिक्षमा पठायो

img

नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको ...

एफ ११ प्रोमा राईजिङ क्यामेरा

img

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ ...

कलर ओएस ६ सार्वजनिक

img

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको ...

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

पत्रपत्रिका

सबै