संघ भक्तपुरको नेतृत्वमा रानामगर

मार्सल आर्टको विकासमा लाग्ने अठोट 

| भक्तपुर

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपाल गठन गरिएको हो । संघका उपाध्यक्ष सुर्यप्रसाद भट्टराई र महासचिव बिष्णु गिरीको उपस्थितिमा भएको कार्यक्रमले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति पुर्नगठन गरेको हो ।

उपाध्यक्षमा खेमराज घले, सचिव रामेश्वर रानामगर, कोषाध्यक्ष बेबी राई रहेका छन् । यसैगरी सदस्यहरु प्रबेस सुवाल, धुव खत्री, मेलिन लोपेज रानामगर, प्रकाश थापा मगर, राजेन्द्र राजथला, दिपक घले, सम्जन मल्ललाई रहेका छन् । 

तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ । महासचिव बिष्णु गिरीले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने बताए । 

गिरीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी  शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए । 

तङ्ग–इल मो–दो संघ का उपाध्यक्ष सुर्य प्रसाद भट्टराईले  खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । सो अवसरमा मार्सट आटका खेलाडि इन्द्रमान चित्रकारको पनि उपस्थति रहको थियो । 

प्रतिकृया दिनुहोस्

म्याग्दीले उचाले ट्रफी

img

प्रवासी मिलन एकता समाज साउदीद्धारा आयोजित भलिबल प्रतियोगितामा म्याग्दी समुह विजेता बनेको ...

तङ्ग–इल मो–दोमा श्रेष्ठ

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको ...

द्वायथलन खेलमा पाँच खेलाडीले जित

img

  ‘जे गर्छौं गजबले गरौं र मनोरञ्जनका लागि द्वायथलन’ भन्ने नाराका साथ नुवाकोटको ...

महिला खेलाडीलाई प्रजनन स्वास्थ्य बारे प्रशिक्षण

img

सर्लाहीको बागमती नगरपालिकाले महिला खेलाडीहरुको सहभागितामा एक दिने महिलाको प्रजनन अंग तथा ...

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि सुरु

img

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि इङ्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । ...

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

पत्रपत्रिका

सबै