कैलाशको लागि नाका बन्यो रसुवागढी

| रसुवा

कैलाश मानसरोवर जान छोटो दूरीको लागि हिजोआज रसुवागढी हुदै जाने बाटो बढी प्रयोग हुन थालिएको छ । मानसरोवर जाने उपयुक्त समय वैशाखदेखि भदौ महिनासम्म (मेदेखि सेप्टेम्बरसम्म) हो । यो बाटो छोटो र सस्तो पर्ने भएकोले रसुवागढी चीनको नाका मात्रै नभई मानसरोवरको लागि पनि नाका बनेको छ । 

समुन्द्री सतहबाट करिव ६ हजार ५ सय मिटर उचाईमा रहेको मानसरोवर ताल कैलाश पर्वतको फेदी नै हो । ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक यहाँ जाने गरिन्छ । पछिल्लो समय नेपालीहरुसमेत जाने गरेका छन् ।

मानसरोवर हिन्दु, बौद्व र जैन धर्मावलम्बीका लागि पवित्र तिर्थस्थल मानिन्छ । हिन्दु धर्मावलम्बीहरू जीवनमा एकपटक पवित्र धार्मिक स्थल तिब्बतको कैलाश मानसरोवर पुग्ने गर्छन् ।

अध्यागमन कार्यालय रसुवागढीको अनुसार आर्थिक बर्षको वैशाख ६ देखि जेठ ६ गतेसम्म ४६५ जना गएका छन् ।

पशुपतिनाथ पछिको दोस्रो तिर्थस्थल मानसरोवर हो । यसको परिक्रमा गरे मुक्ति मिल्ने एवं स्वर्गमा बास हुने विश्वास रहि आएको छ ।

प्रतिकृया दिनुहोस्

मेगाले दिए क्यूआर कोड

img

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई ( QR code) क्यूआर कोड हस्तान्तरण ...

एकललाई कृषि सामग्री 

img

नौकुण्ड गाउँपालिका–४ सरमथलीका ३० जना अति विपन्न एवं एकल महिलाहरुलाई कृषि सामग्री ...

मानसरोवर जाने बढे 

img

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तिर्थयात्री बढेका छन् ।  अरुबाट भन्दा रसुवागढीबाट ...

स्थानीयलाई ८२ करोड ३७ लाख

img

रसुवाका पाँचवटा स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड ३७ लाख ...

२०७६/०७७ काे बजेट (पूर्णपाठ)

img

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

१५ खर्बको बजेट, बृद्ध भत्ता बढ्यो, करको दर सामान्य

img

सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

पत्रपत्रिका

सबै