इतिहासलाई न्याय नगरेको : डा. लोहनी

| इटहरी

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले धर्म निरपेक्षतालाई अग्रगामी भन्ने दृष्टिकोणले नेपालको इतिहासलाई न्याय नगरेको बताएका छन् । 

सोमबार इटहरी उपमहानगरपालिकामा आयोजित सम्मेलनमा बोल्दै डा. लोहनीले हिन्दु र बौद्ध धर्मको बाहुल्यता रहेको नेपाली धर्म संस्कृति र परम्परालाई अग्रगामीको नाउँमा ’रिप्लेस’ गर्न खोजिएको आरोप लगाएका छन् । 

विस्तारै नेपाली धर्म परम्परामाथि विदेशी संस्कृतिले छोप्दै जाने हो भने नेपालको अस्तित्व खतरामा पर्ने बताएका छन् । उनले भने– ‘विश्वमै कहिँ नभएको दुईवटा ठूला–ठूला धर्मको जन्म थलो हो, नेपाल । त्यसकारण यस्तो सहिष्णुता र संस्कृतिलाई उखेल्ने काम हामीलाई स्वीकार्य छैन । नेपालको पहिचान वैदिक सनातन हिन्दु राष्ट्र हो ।’

राप्रपा (संयुक्त) का कार्यसम्पादन तथा प्रचार समितिका सदस्य जनकराज पाठकका अनुसार सम्मेलनमा लोहनीसहित थुप्रै नेता कार्यकर्ता लगायत सयौंँ साधुसन्त तथा स्थानीयहरूको सहभागिता रहेका थिए ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई ...

वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

img

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई ...

जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

img

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ ...

३ दर्जन भन्दाबढीले छोडे नेकपा

img

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

पत्रपत्रिका

सबै