रसुवामा कोही बञ्चित, कोही असुरक्षित

| रसुवा
गुगल

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि एक हो । त्यसमा ६ सय ८१ जनाको मृत्यु भएको थियो । २२१ महिला, १२२ बालबालिका र ३३८ पुरुष थिए । जसमा २२ विदेशी थिए । ९७ नेपाली र २१ जना विदेशी अझै वेपता नै छन् । 

भुकम्पले मानवीय क्षति मात्रै नभई १२ हजार ४ सय ९२ निजी आवाससमेत पूर्णरुपमा क्षति नै भए । २ सय १९ घरमा आंशिक क्षति पुगेको थियो । यसैगरी ९८ वटा विद्यालय, १६ वटा स्वास्थ्य चौकी, एक दर्जन अन्य सरकारी भवन ध्वस्त भएका थिए । २८ वटा धार्मिक महत्वका सम्पदामा समेत क्षति पुगेको थियो । 

पुननिर्माण प्राधिकरणको प्रतिवेदन अनुसार जिल्लाकै १ हजार २० घरपरिवार जोखिमयुक्त भएकोले स्थानान्तरण गराउनुपर्ने अवस्था रहेको बताइएको छ  । 

५४ वस्तीमा प्रत्यक्ष असर परेको छ । २९ बस्ती असुरक्षित भएकाले सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने सिफारिस समेत भएको छ । 

भुकम्पले जमिन कमजोर बनाएर सुख्खा पहिरो गएपछि यहाँका बासिन्दाले थातथलो छाड्नुपर्ने बाध्यता भएको छ । पहिरो जाने हाकु, डाँडागाउँ, लाङटाङ, यार्सा, पाजुङ, केराबारी लगायत रहेका छन् ।  जिल्लाको हकमा भने १२ हजार सात सय ४८ परिवार सँग निजि घर निर्माण अनुदान सम्झौता समेत अनुदान सम्झौता समेत भएसकेको छ ।

यही सालको जेष्ठ २ गतेसम्मको विवरण अनुसार ११ हजार ७ सय ४८ परिवारले पहिलो किस्ता वापतको रकम बुझिसकेको छ । १० हजार ९ सय ४५ ले दोस्रो र ९ हजार ७ सय ७३ परिवारले तेस्रो किस्ता बुझिसकेका छन् । प्रवलिकरण सुचीमा २ सय १९ घरधु्री परेका छन् । 

साविक हाकु गाविस–८ र ९ डाँडागाउँ–१ का विस्थापित करिब २६० घर परिवार भने उत्तरगया गाउँपालिका–५ को खाल्टेमा बस्दै आएका छन् । आफ्नो बासस्थान नै ध्वस्त भएपछि सानो हाकुकी पेम्बायाङ्जेन तामाङ घरनिर्माणमा अघि सरिन् । उनीले ५० हजार पाउनेवित्तिकै घर बनाउन थालिन् । तामाङले धुञ्चेमा आई ऋण धन खोजेर पक्की घर निर्माण गरिन् । तर प्राधिकरणले उनको घर निर्माण सम्पन्न प्रमाणित गरिदिएनन् । त्यसैले दोस्रो र तेस्रो किस्ताबाट बञ्चित भएको उनीले गुनासो गरिन् । 

आइतबार धुञ्चेमा पुननिर्माण प्रक्रियामा विद्यमान अवस्था, सामाजिक तथा सांस्कृतिक सवालहरु र नीतिगत संवाद भएको थियो ।  सोही क्रममा पुननिर्माणको ५  वर्षे समीक्षा भएको थियो । अधिकांश पिडितले अनुदान पाएपछि बासको जोहो गरिसकेका छन् । तर भुमिहिन २९ परिवारले भने घर बनाउन पाएका छैनन्, उनीहरुले गुनासो गरे । 

मानवअधिकार एलाइन्स, हामी एचआरसीडिआरटीले आयोजना गरेको नीतिगत संवादको क्रममा विस्थापितको अवस्थामा दलित परिवार ६ हजार ९ सय ८७, जनजाति २ सय ७५ परिरवार रहेका छन् । जोखिम वर्गका लाभग्राही भनेर २७५ परिवार छन् । जसमध्ये २०४ परिवारले थप अनुदान ५० हजार पाएका छन् । 

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

पत्रपत्रिका

सबै