उपाध्यायका उपन्यास र एल्बम विमोचित

| काठमाडाैं

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम आइतबार सार्वजनिक गरिएको छ । रातोपुलस्थित रकहाउस क्याफेमा नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । 

वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गर्दै साहित्य, गीतसंगीतमार्फत राष्ट्रको पहिचान विश्व रेकर्ड राख्न सफल भएकोमा शुभकामना दिए । 

डा. उपाध्ययले जोशीलाई शताब्दी पुरुषको सम्मानार्थ ५१ हजारको राशी सहित सम्मान पनि गरिएको थियो ।

डा. उपाध्यायलाई एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेश भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेश भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेशको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेश गरी तयार परिएको गीतमा रहेका छन् । 

डा. डीआर उपाध्यायलाई एभरेष्ट वल्र्ड रकेर्डका मथुरा श्रेष्ठले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सुरेश घिमिरे ‘निश्चिन्त’को मित्रताको सुर्किनी पुस्तक पनि विमोचन गरिएको थियो । 

गीतकार डा. डीआर उपाध्याय, गीतकार सुरेश घिमिरे, अचुत घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । 

उक्त अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार सुरेश घिमिरे ‘निश्चिन्त’ र रमेश थापालाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’, दीलीप लामा र कविता सिवाकोटीले प्रत्यक्ष गीत गाएका थिए । 

सार्वजनिक गीति एल्बममा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डंगोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखिया लगायतको संगीत रहेको छ । त्यस्तै सागर अधिकारी ‘सरद’, अस्मिता अधिकारी, विपिन घिमिरे, दीलिप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समिर खरेल, कविता शिवाकोटी, महेश मुखिया, सागरसंसार राई, रमेश श्रेष्ठलगायतका स्वर रहेको छ ।

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै