विद्यालयमा शेर्पा भाषा 

| ओखलढुङ्गा (खिजीदेम्बा)

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ । स्थानीय विषय अन्तर्गत कक्षा १ र २ सम्म शेर्पा भाषामा पठनपाठन शुरु गरेको हो । विद्यालयको आन्तरिक स्रोतबाट पुस्तक खरिद गरी विद्यार्थीहरुलाई निःशुल्क प्रदान गरी कक्षा शुरु गरिएको प्रधानाध्यापक भानुभक्त नेपालले जानकारी दिए । उनले थपे, आन्तरिक स्रोतबाटै भाषागत शिक्षकको व्यवस्थासमेत गरेको छ ।

हिमाली शिशु उपहार नामक पाठ्यक्रम लागू गरेपछि उप्रान्त विद्यार्थीहरुले शेर्पा भाषा र साम्भोटा लिपी अध्यायन गर्नेछन् । साथमा उनीहरुलाई शेर्पा संस्कृती र बौद्ध संस्कार पनि सिकाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पाजी शेर्पाले जानकारी दिए । शेर्पा समुदायको वाहुल्यता रहेको विद्यालयमा केही बर्षअघि पनि शेर्पा भाषा लागू गरेको भएपनि शिक्षकलाई तलव दिने स्रोत नहुँदा पठनपाठन वन्द गर्नुपरेको थियो । विद्यालयले कक्षा ५ सम्म शेर्पा भाषा पाठ्यक्रम लागू गराउने लक्ष्य लिएको छ । 

त्यसैगरी यसै शैक्षिक सत्रदेखि विद्युतीय हाजिरी लागू गर्ने निर्णय समेत गरेको छ । शिक्षकहरुको नियमित उपस्थिति गराई शैक्षिण गुणस्तर अभिवृद्धि गर्ने हेतुले विद्युतिय हाजिरी लागू गर्ने निर्णय गरेको हो । त्यस्तै, इन्टरनेट र सिसि क्यामेरा जडानका लागि समेत प्रक्रिया अघि बढिरहेको विव्यस अध्यक्ष शेर्पाले बताए । 

यसअघि वैशाख ५ गते बसेको व्यवस्थापन समितिको वैठकले विद्यालयमा मायाप्रित, हिन्दी, अंग्रेजी गीत, संगीत निषेध गर्ने निर्णयसमेत गरेका थिए ।  त्यसका सट्टामा बाल तथा राष्ट्रिय भावले ओतप्रोत गीतहरु प्रसारण गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, शिक्षक, कर्मचारी र विद्यार्थीलाई पोषक समेत अनिवार्य गरेको छ । 

प्रतिकृया दिनुहोस्

फोनिज कोरियाले जातिय पहिचान बारे संवाद गर्ने

img

कारियामा रहेका जातिय संस्थाहरुको प्रतिनिधिहरुलाई मञ्चमा राखेर यही जुन ३० तारिख संवाद ...

आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै 

img

चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्पराको संरक्षण, प्रवद्र्धन ...

आइटिसीको सम्मेलन थाइल्याण्डमा

img

अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) को पूर्वी क्षेत्रिय समितिको सम्मेलन थाइल्याण्डमा हुने भएको ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

पत्रपत्रिका

सबै