मिसेस नेपाल ग्रान्ड–२०१९ हुदै

| काठमाडाैं
Google

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अवसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ । यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकी छिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन् । 

यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् । जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ । 

अडिसनपछि चयन भएका महिलाहरुलाई व्यक्तित्व विकाश, महिला शक्तिकरण सम्बन्धि प्रशिक्षण, पब्लिक स्पिकिङ, जुम्बा, स्विमिङ, क्याटवाक, नृत्य, सेल्फ मेकअप, मिडिया म्यानेजमेन्ट, बिजनेश म्यानेजमेन्टसहित विभिन्न प्रशिक्षण दिइने भएको छ । चर्चित कोरियोग्राफर सहित नायक नायिका, मोडल, ब्युटिसियन, पत्रकार, सफल महिलाहरु तथा विभिन्न क्षेत्रका सफल व्यक्तिहरुबाट आ आफ्नो क्षेत्रको बारेमा विविध कक्षाको पनि आयोजना गरिने भएको छ । एक महिनाको विशेष प्रशिक्षणपछि प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने भएको छ । 

‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ का बिजेताले नगद रुपैयाँ, तीन महिनाको ब्युटिसियन सम्बन्धि विशेष कोर्ष, फिटनेश सम्बन्धि एक महिनाको बिशेष कोर्ष सहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन् । 
यस्तै प्रतियोगितामा अन्य शिर्ष उपाधि र गिफ्ट ह्याम्पर पनि राखिएको छ । यल मिडियाको आगामी फेशन शोहरुमा एक वर्षसम्म मोडलिङ गर्ने अबसर पनि बिजेता तथा रनर अपहरुले प्राप्त गर्ने आयोजक रमी श्रेष्ठले जानकारी गराएकी छिन् । 

विवाहपछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ । तर यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी समेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्

ध्रुव नयाँ चलचित्रमा 

img

चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ ...

सन्नी लियोनी नेपाली गीतमा

img

चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ...

गुन्युचोली उत्कृष्ट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ सम्पन्न भएको छ । दुई ...

टिफमा १८ चलचित्र (फोटोफिचर/भिडियो)

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ को सुरु भएको छ ।  तामाङ ...

प्रदेश स्तरीय मिस तामाङ प्रतियोगिता हुने

img

प्रदेश नं. १ मा प्रदेश स्तरीय मिस तामाङ -२०१९ प्रतियोगिता हुने भएको ...

चलचित्र महाेत्सव भोलीबाट, १८ छनोट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ (Tamang International Indipendent Film Festival-TIFF ...

पत्रपत्रिका

सबै