उपराष्ट्रपति पुनलाई बीस किलोको फूलमाला

| सर्लाही

नेपाल सरकारका उपराष्ट्रपति नन्द बहादुर पुनलाई २० किलोको फूलमाला सहित नागरिक पत्रबाट अभिनन्दन गरिएको छ । मंगलबार सर्लाहीको हरिपुर ४ हरैयामा यदुबंशी उत्थान समाजले निर्माण गर्न लागेको कृष्ण मन्दिरको सिलन्यास गर्न धर्मपत्नी हस्तमाया पुन सहित सर्लाही आइपुगेका उपराष्ट्रपति पुनललाई समाजले फूलामाला र सम्मान पत्रले सम्मान गरेको हो ।

 सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सम्पूर्ण नागरिकलाई आफ्नो धर्म, संस्कृति मान्न पाउने मौलिक अधिकार रहेको बताए । उनले धार्मिक तथा साँस्कृतिक धरोहरको धनी देश नेपाल त्यस मध्येका पनि प्रदेश नम्बर दुई धार्मिक आस्थाको केन्द्र बिन्दु प्रदेश रहेको कुरालाई जोड दिदै विभिन्न मठ मन्दिर निर्माणले यस क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने बताए । `अहिले राज्यको संविधानले नागरिकलाई आफ्नो धर्म संस्कृति परम्परालाई मान्न पाउने अधिकार दिएको छ, तर धर्मको नाममा कसैलाई आँच आउने र आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न नपाईने´ समेत उपराष्ट्रपतिको भनाइ थियो ।

यदुबंशी समाजका केन्द्रिय अध्यक्ष जितन राय यादवको अध्यक्षतामा भएको मन्दिर सिलन्यास कार्यक्रममा वडा अध्यक्ष गुनेश यादवले स्वागत मन्तव्य राखेका थिए । दुई बर्षभित्र ६० लाखको लागतमा पाटन कृष्ण मन्दिरकै प्यागोडा शैलीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको समाजले जानकारी दिर ।

कार्यक्रममा प्रदेश दुईका प्रमुख रत्नेश्वर लाल कर्ण, पुर्ब मन्त्री प्रभु साह लगायतले शुभकामना मन्तव्य राख्दै मन्दिर बनाएर मात्र देश समृद्ध नहुने हुँदा समाजमा रहेको भ्रष्टाचारको अन्त र सुशासनको जरुरी रहेको बताए ।

त्यस्तै कार्यक्रममा मन्दिरका लागि जग्गा तथा चन्दा दाता ६० जनालाई कदर पत्रबाट समेत सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै