कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी सम्पन्न

| सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका भाषा, साहित्य, संस्कृति र कलाको विकासलाई प्राथमिकतामा राखेको बताए । बैशाख २७ र २८ गते सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय वाङ्मय संगोष्ठीमा सो कुरा बताएका हुन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा उक्त संगोष्ठी गरेका थिए । 

आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश नेपालको अद्वितीय विशेषताले भरिएकाले यसलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन सकिने धारणा राखे ।
सामाजिक विकास मन्त्री दल रावलले प्राचीन सभ्यता र संस्कृतिको खोजी गर्नेलाई कर्णाली प्रदेशमा पाइला राख्न अनुरोध गरे ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले कर्णाली प्रदेशको सांस्कृतिक उत्थानका निम्ति विशेष योजना ल्याउने वचनबद्धता प्रकट गरे ।

प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा.हेमनाथ पौडेल, निबन्ध र समालोचना विभाग प्रमुख प्रा.डा. गोपिन्द्र पौडेल, बालसाहित्य र लोकवार्ता विभाग प्रमुख डा. देवी नेपाल, वीरेन्द्र नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल, भाषा आयोगकी सदस्य उषा हमाल, कर्णाली वाङ्मय सङ्गोष्ठीकी अध्यक्ष सीता यरी लगायतले गोष्ठीमा मन्तव्य राखेका थिए । 

सुर्खेती कल्याण समाजका अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरीले कर्णाली प्रदेशको भाषा, साहित्य तथा संस्कृतिको समृद्धिका निमित्त सङ्गोष्ठी आयोजना गरिएको बताए ।

सङ्गोष्ठीमा प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.गिरी, प्रा.जगत्प्रसाद उपाध्याय, विष्णुप्रसाद पराजुली र डा.दीपक गौतमले कर्णाली प्रदेशका साहित्य, धर्म–दर्शन र लोकवार्ताबारे गोष्ठीपत्रहरु प्रस्तुत गरेका थिए । 
गोष्ठीपत्रमाथि प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा.कपिलदेव लामिछाने, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, प्रा.खोपीराम लम्साल, र डा.मधुसूदन गिरीले टिप्पणी गर्नुभएको थियो । सङ्गोष्ठीले तेह्र बुँदे कर्णाली प्रदेश घोषणापत्र पनि जारी गरे ।

सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्गोष्ठी’बाट पारित कर्णाली प्रदेश साहित्यिक घोषणापत्र निम्न अनुसार रहेको छ ।

१.नेपाली भाषाको उद्गमस्थल तथा साहित्य, कला, पुरातत्त्व र संस्कृतिको भण्डारका रूपमा कर्णाली प्रदेश सुपरिचित छ तर तिनको अध्ययन(अनुसन्धान, संरक्षण, प्रवर्धन र विकासको काम पछि परेको छ । नेपालको वर्तमान संविधानले तिनको विकास गर्ने जिम्मेवारी प्रदेश सरकारलाई पनि प्रदान गरेको छ । अतः प्रदेश सरकारले यथाशीघ्र कार्यदलबाट अध्ययन गराई सङ्घीय सरकार र नेपाल प्रज्ञा(प्रतिष्ठानसँगको समन्वयमा कर्णाली प्रज्ञा(प्रतिष्ठान स्थापना गर्नु पर्दछ भन्ने यस सङ्गोष्ठीको ठहर छ ।

२.कर्णाली प्रदेशमा रहेका कतिपय भाषिक र लोकसाहित्यिक सम्पदा न्मुख लोपोन्मुख अवस्थामा छन् । तिनको शोधखोज गरी प्रकाशनमा ल्याउन अत्यावश्यक छ । सङ्गोष्ठी यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।  

३. कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको पादुका, धूलेश्वर, शिरस्थान, नाभिस्थान र तल्लो डुङ्गेश्वर सहितको पञ्चकोसी क्षेत्र र त्यहाँ रहेका देवल, ढुङ्गेधारा, अभिलेख एवम् माथिल्लो कर्णाली क्षेत्रमा रहेका बोन र बौद्ध धर्मसँग सम्बन्धित देवस्थल, चोर्तेन गुम्बा आदि सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि विकास समिति बनाई योजनाबद्ध कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

४.कर्णाली प्रदेशका सिँजा, काँक्रेविहार, पञ्चकोसी लगायतमा विद्यमान महत्त्वपूर्ण सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गर्न राष्ट्रिय स्तरबाट तथा सम्बन्धित प्रदेश सरकार र स्थानीय सरकारबाट विशेष पहल गरिनु पर्दछ ।

५. रारा, से(फोक्सुन्डो, बुलबुले, स्यार्पु र कुभिन्डे लगायतका तालहरुको महत्त्वपूर्ण पहिचान झल्किने गरी समुचित व्यवस्थापन गर्न सङ्गोष्ठी अपिल गर्दछ ।

६.कर्णाली प्रदेशमा राष्ट्रिय महत्त्वका योजनाहरु लागु गरी यहाँको सांस्कृतिक क्षेत्रबाट राष्ट्रको समृद्धिमा ठोस योगदान पुग्ने वातावरण निर्माण गरिनु पर्दछ ।

७. कर्णाली प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक सम्पदाहरूबारे राष्ट्रिय अन्तर्रा्िष्ट्रय जानकारी बढाउन विद्यालय र विश्वविद्यालयहरुका पाठ्यक्रममा तिनलाई समावेश गर्न विशेष पहल गरिनु पर्दछ ।

८.कर्णाली प्रदेशको सांस्कृतिक विकासका लागि यस क्षेत्रमा सक्रिय प्रतिभाहरुको पहिचान गरी राष्ट्रिय तथा प्रादेशिक स्तरमा सम्मानको विशेष व्यवस्था गरिनु पर्दछ ।

९. कर्णाली प्रदेशको ऐतिहासिक रेसममार्ग पहिल्याई बर्दियादेखि हिल्सासम्म सहज रूपमा आवतजात गर्न सकिने बाटो निर्माण गरिनु पर्दछ । यसबाट मानसरोवर पुग्ने धार्मिक सांस्कृतिक पर्यटकहरुबाट समेत विशेष रूपमा राष्ट्र लाभान्वित हुने छ ।

१०. कर्णाली प्रदेशमा पृथ्वीको सतहमुनि लुप्त रहेका प्राकृतिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका वस्तुहरुको उत्खनन, पहिचान, संरक्षण र सदुपयोग गरिनु पर्दछ ।

११.कर्णाली प्रदेशको विशेषतामा आधारित सङ्ग्रहालय स्थापना गरिनुका साथै यहाँका सयौँ वर्ष पुराना हस्तलिखित सामग्री लगायत ऐतिहासिक र पुरातात्त्विक मूल्यवान् वस्तुहरुको संरक्षणका लागि प्रादेशिक अभिलेखालय स्थापना र सञ्चालन गरिनु पर्दछ ।

१२. कर्णाली प्रदेशको पर्यटन विकास राष्ट्रिय स्तरमा प्राथमिकतामा पर्नु पर्दछ र प्रदेश र स्थानीय तहमा पनि योजनाबद्ध कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ ।

१३.कर्णाली प्रदेश जडीबुटीका दृष्टिले विशेष चर्चित छ । अतः यस प्रदेशमा आयुर्वे्िदक दृष्टिले महत्त्वपूर्ण प्रतिष्ठान खडा गरी अध्ययन अनुसन्धान गरिनु पर्दछ ।

प्रतिकृया दिनुहोस्

अत्यधिक गर्मीले मुहान सुक्यो, स्कुल छुट्टी

img

देशका विभिन्न स्थानमा गर्मी बढेसगै रौतहटको चन्द्रपुर-३ गैडाटारमा गर्मीकै कारण सिचाइ पानीका ...

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड (पूर्णपाठ)

img

प्रदेश ३ को सरकारले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि आर्थिक मामिला ...

रौतहटमा घेदुङको प्रथम अधिवेशन

img

नेपाल तामाङ घेदुङ रौतहटको चन्द्रपुर नगरपालिका-१,को प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन ...

सडकले छोयो तिरु

img

रसुवाको भौगोलिक रूपमा पिछाडिएको तिरू गाउँमा सडक सञ्जाल जोडिएको छ । प्रदेशसभा १ ...

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

पत्रपत्रिका

सबै