सउल नेपाल गुम्बामा बुद्ध जयन्ती 

| दक्षिण कोरिया


कोरियाको सउल नेपाल गुम्बामा २५६३ औं बुद्ध जयन्ती मनाएको छ । आइतबार बुद्ध जयन्तीको अवसरमा गुम्बा विशेष पूजापाठ र बुद्ध धर्म प्रवचन गरी मनाएको हो ।

कार्यक्रममा नेपालबाट आउनुभएका बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामा र शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाको साथमा पूजापाठ भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा कोरियाका लागि नेपाली राजदुतवासका कार्यबाहक राजदुत किरण शाक्य प्रमुख अतिथिको रुपमा उपस्थिति थियो । 

पूजापाठपछि शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाले बुद्ध जन्म, बुद्धका वचन, बुद्धका सिद्धान्त, मानिसमा बुद्ध धर्मको महोत्व लगायतका प्रवचन दिएका थिए । त्यस्तै बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामाले बुद्ध धार्मिकको विश्वास तथा महोत्व सम्बन्धी प्रवचन दिएका थिए । 

औपचारिक कार्यक्रममा प्रमुख अथिति कार्यबाहक राजदुत किरण शाक्यले आफूले बुद्ध धर्मका पुस्तक अध्ययनका आधारमा धार्मिक महोत्व, सिद्धान्त र विभिन्न धार्मिक कार्यक्रममा सहभागीता हुने गरेका अनुभवहरु सुनाएका थिए । 

त्यस्तै सउल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै गुम्बा स्थापना गरेदेखि नै धार्मिक कार्य र कार्यक्रमहरुमा उपस्थिति भइ सहयोग गरेकामा खुसी ब्यक्त गरे । 


 

प्रतिकृया दिनुहोस्

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

पत्रपत्रिका

सबै