महिलालाई स्थानीय अचार बनाउने तालिम

| सर्लाही

सर्लाहीको लालबन्दी११ बाहुनीमा सात दिने अचार बनाउने तालिमको समापन भएको छ । गत २३ गतेबाट प्रदेश सभा संसदीय विकास कार्यक्रम अन्तर्गत सर्लाही प्रदेश सभा "ख" को सहयोगमा सीप तथा आय आर्जन उपभोक्त समूहद्वारा २९ गतेसम्म संचालन भएको तालिमको समापन गरिएको हो

सात दिन चलेका तालिम वडा भित्रका १५ जना महिलाको लागि मात्रै लक्ष्यित गरी कार्यक्रममा ४५ जना महिलाको सहभागीता भएको थियो । उक्त तालिममा विभिन्न २० थरिका फलहरुको अचार बनाउन सिकाइएको आयोजकले जानकारी दिए बाहुनी क्षेत्र तरकारी उत्पादनको लागि राम्रो भएकोले त्यहाँका महिला दिदीबहिनीहरुको आर्थिक अवस्थालाई सुधार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो

समुह समितिका अध्यक्ष हरिमाया थिङको अध्यक्षतामा सर्लाही प्रदेश सभा "ख" सांसद बेची लुङ्गेलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा नेकपाका नेता मनिष माझी, समाजसेवी सुरेन्द्र लामा, कार्यक्रम प्रतिनिधि सुरेन्द्र कार्की, उदव पाठक, युवा संघका नेता निशान्त थापा, महिला नेत्री, लक्ष्मी पाख्रीन, पवित्र घिमिरे, मिना भण्डारी, कौशिला लुङेली, रन्जना घिसिङ, राधाकृष्ण प्याकुरेल, सिङ्ग लाल योन्जन, विजय लामा, रविन पाख्रीन, सिटिभिटीका  (CTVT) का कार्यक्रम संयोजक रामेश्वर राय यादव, प्रशिक्षक केशव राज ओली, रत्न छ्इयोलिङ बौद्ध गुम्बाका अध्यक्ष कृष्ण ब. गोले, कोषाध्यक्ष भिम ब. गोले, लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत मन्तव्य महिला नेत्री बिना लामा थिङले राखेको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट तालिमको प्रभावकारीता, अनुभव बारे फुलमती गोलेले आफ्नो भनाइ राखेका थिइन् ।

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै