तामाङ डाजाङद्धारा ३ पुरस्कृत, ६ सम्मानित 

| काठमाडौं |

साहित्यिक संस्था तामाङ डाजाङले शनिबार १८ औ वर्ष प्रवेशको उपलक्ष्यमा तीन जनालाई पुरस्कृत र छ जनालाई सम्मान गरेको छ । 

पुरस्कृत हुनेमा रचना मोक्तान तामाङ, सन्जीब योन्जन तामाङ र याङजी थोकर रहेका छन् । उनीहरुलाई तामाङ ग्योइकाइ पुरकार–२०७५ प्रदान गरिएको हो । पुरस्कृत हुनेहरुले रु. ५÷५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
 
सम्मानित हुनेहरुमा २०७५ सालमा तामाङ भाषामा पुस्तक प्रकाशन गरेका ६ जना लेखक रहेका छन् । सम्मानित लेखकहरुमा गोसाइकुण्ड गाउँपालिका–५ रसुवाका फुर्पा तामाङ (तामाङ उखानकोश), सुनकोसी गाउँपालिका–४ सिन्धुलीका तेजबहादुर योन्जन (फापारे व्हाइ), बाग्मती गाउँपालिका–८ फापारबारी मकवानपुरका मुक्तान थेबा (काकलिङ), मन्डन देउपुर नगरपालिका–१ काभ्रेकी शान्ति वाइबा (पेङ दोर्जे), चौरीदेउराली गाउँपालिका–५ मादनकुँडारी काभ्रेका निरुभक्त वाइबा (ग्ले तगुर) र सैलुङ गाउँपालिका–१, दुधपोखरी दोलखाका कृतधावा तामाङ घिसिङ (ताम्बा व्हाइ) रहेका छन् । 

प्रमुख अतिथि पूर्वराजदूत एवं डाजाङका संरक्षक डा. गणेश योन्जनले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा भाषाविद् अमृत योन्जन तामाङ, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, मगर भाषा साहित्यका अभियन्ता सन्जोक लाफा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

वार्षिक कार्यक्रम सहति डाजाङको नियमित साहित्य वाचनको १८६ श्रृखंला पनि भएकोले हिरामाया घिसिङ, शित्तल तामाङ, बीना थिङ, सन्जीब योन्जन, तेजबहादर योन्जन, मिलन तामाङ, ढुप्साङ लामा, रन्जना मोक्तान, राजु मोक्तान लगायतले रचना वाचन गरेका थिए । 
 
तामाङ डाजाङले २०५९ सालदेखि नै हरेक महिनाको आन्तिम शनिवार ग्योइकाइ गेताङ गर्दै आएको छ । साथै, मासिक पत्रिका तामाङ डाजाङ प्रकाशन गर्ने गरेको छ । हालसम्म १५४ अंक प्रकाशित भइसकेको छ । 

रेडियो सगरमाथामा ‘तामाङ काइ’ नामक रडियो कार्यक्रम समेत २०६१ देखि हालसम्म निरन्तर प्रसारण गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस्

बताऊ 

बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ या, नग्नता उसको एकमात्र पहिरन हो ? रूखहरू किन लुकाउँछन् जराको कान्ति ? कसले सुन्छ होला चोरीको गाडीका पछुतोहरू ? झरीमा उभिएको रेलभन्दा उदास अर्काे के होला यो दुनियाँमा ? अनुवादः बिनोदबिक्रम केसी   ...

सर्दुको फूल...

img

उसले आत्महत्या गरेछ । हिजो राती । निकै धेरै साहस जुटाएर उन्यो होला घाँटीमा ...

हाइकु

१. मर्ने पालो छ लथपल भएर मुख बाउँदै !   २. दानव युग दास्त्रदाह्रा निकाल्छ धम्किधमका !   ३. अणुबमझैँ नयाँ मान्छे विस्फोट मस्तनिद्रामा !   ४. हातले रोप्छ मानव कल्पवृक्ष शिवको छाती !   ५. निचोरिएर छाद्न थाल्छ मान्छेले तिलक टाँस्दै !   ५. लोप्पा ख्वाउँदै बूट प्रहार गर्छ खम्बाहरुले  ...

सरकारको आँखा 

देशमा कलकारखाना उद्योग केही पनि थिएन । उ बिहान बेलुकी मुख जोर्न साहुको भारी बोक्ने काम गथ्र्यो । सडकसँगै गाडी आएपछि त्यो काम पनि खोसियो ।  उ बेरोजगारी बन्यो । सबै ...

 आगोको लप्का विमोचन

img

साहित्यकार श्रीराम श्रेष्ठद्धारा लिखित आगोको लप्का हाइकु संग्रह शनिवार विदुरमा एक समाराेह बीच विमोचन गरिएको ...

बिना थिङले जितिन् डिसहोम १२खरी कथा प्रतियोगिता

img

साहित्यकार बिना थिङले १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा जितेकी ...

पत्रपत्रिका

सबै