सीड्नीमा खुल्यो ‘रेसीडेन्सी लिगल’

| अस्ट्रेलिया

अस्ट्रेलियामा उच्च शिक्षा अध्यनका लागि आउने र यतै स्थापित हुने क्रमले तिब्रता पाउँंदै गर्दा यहाँंको सबैखाले ब्यवसायमा पनि नेपालीहरुको उपस्थिति महत्वपूर्ण बन्दै गएको छ । कानुनी क्षेत्रमा भने औलामा गन्न सकिनेहरुको मात्र प्रतिस्पर्धामा देखिएका छन् ।

कानुनी क्षेत्रमा यतिखेर नया पुस्ताको प्रवेश भएपछि नेपालीहरुलाई विदेशी कानुनीकर्ताहरुको ढोका ढकढकाउन जानु नपर्ने भएको छ । यसअघि शम्सेरसिंह थापालगायत केहि अनुहार मात्र देखिएको अस्ट्रेलियाको कानुनी क्षेत्रमा पछिल्ला दिनहरुमा थुप्रै नया अनुहारहरुको प्रवेश हुन थालेको छ । जुन नेपाली समाजको लागि गर्विलो बिषय बनेको छ ।

शुक्रबार सिडनीको मुटु टाउनहलमा खुलेको रेसिडेन्सी लिगलको एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले एक कार्यक्रमबीच उदघाटन गरे । नया बिधा र क्षेत्रमा नेपालीको प्रवेश हाम्रो समाजको लागि महत्वपूर्ण उपलब्धी भएको महाबाणिज्यदुत दिपक खड्काले बताए । खड्काले पुराना दिनको संझाना गर्दै भने कुनै जमानामा कानुनी समस्या पर्दा कहाँं जाने र के गर्ने भनेर आत्तिने दिन पनि थिए अहिले ढुक्कसँंग नेपाली वकिलहरुसँंग कनाुनी परामर्श लिन पाइएको छ अस्ट्रेलियामा । यो सबैभन्दा खुसीको बिषय हो, खड्काले सुनाए ।

कार्यक्रममा सफलताका शुभकामना दिदै सिड्नीका पुराना कानुनविद शम्सेरसिंङ थापाले नया पुस्ताको कानुनी क्षेत्रमा प्रवेश सुखद बिषय बनेको सुनाए । थापाले भने, अब हरेक क्षेत्र र ब्यवशायमा नया पुस्ताको आगमन हुनुपर्छ अनि बिदेशमा पनि हाम्रो पहिचान र सहभािगता महत्वपुर्ण बन्ने छ ।

अस्ट्रेलियन भुमिमा पहिलो नेपाली महिलाका रुपमा स्थापित इन्द्रा वनले कानुनी परामर्श जीवनको महत्वपुर्ण अंग भएकोले यसमा नेपाली मुलको महत्वपुर्ण उपस्थितिले सबैलाई सहयोग पुग्ने बताइन् । वनले अस्ट्रेलिया आउँंदा एक बर्षसम्म एउटा नेपाली नभेटेको अनुभव सुनाउदै यतिखेर गल्ली र गौडा अनि हरेक ब्यवशायमा नेपाली देख्दा हर्षले बिभोर भएको सुनाइन् । कार्यक्रममा रेसिडेन्सी लिगलका सोलिसिटर हेमराज भट्टले पढाइ पुरा गरेपछि आफ्नो क्षेत्रमा ब्यवशायिक रुपमा मैदानमा पर्दापर्ण गरेको बताए । लामो समयदेखि रेसिडेन्सी गाईडमार्फत् अध्यागमन सम्बन्धी सेवा दिंदै आएका हेमराज भट्टले पूर्ण कानुनी सेवाको लागि रेसिडेन्सी लिगल स्थापना गरेका हुन् । यतिखेर पचास हजार नेपाली बिध्यार्थीहरु अस्ट्रेलियामा उच्च अध्यनरत छन् भने करिब पचास हजार पीआर र नागरिकता लिइ सकेको अवस्था छ, यस्तो परिस्थितिमा कानुनी क्षेत्रमा हाम्रो उपस्थिति बलियो बनाउदै जानु पर्ने अवस्था पनि छ, भट्टले सुनाए । उनले पुराना कानुन ब्यवशायको सहयोग र सदभाव अनि नेपाली समाजका माया र ममताले पनि आफुलाई यसक्षेत्रमा अगाडि बढन मद्दत पुर्याएको बताए । 

कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी , पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल कानुन ब्यवशायी भरत पोखरेल, आईसीसी सदस्य दिपक भट्टराइ, युवा अभियन्ता विजय पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रेसिड्न्सी लिगलका निर्देशक सुनिता थपलीयाले उपस्थित ब्यक्तित्वहरुलाई धन्यबाद प्रदान गरेकी थिइन् ।
 

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै