श्रीरामको कृतिमाथि चर्चा

| काठमाडाैं

टुँडाल हेर्दा
लाज नै उदाङ्गो भो
आफ्नै देखेर ।

माथि उल्लेखित हाइकु वाचन गर्दै टिप्पणीकार प्रा. महेश पौडेलले टिप्पणी गर्दै थिए । उनले नुवाकोट निवासी श्रीराम श्रेष्ठद्धारा लिखित ‘आगोको लप्का’ हाइकु संग्रहभित्रबाट वाचन गरेका हुन् । 

प्रसंग बिहीबार भृकुटीमण्डपमा आकृति प्रकृति प्रकाशनको संयोजनमा उक्त कृतिमाथि अन्तरसंवाद भएका हुन् । 

नुवाकोट निवासी श्रीराम श्रेष्ठद्धारा लिखित उक्त कृतिमाथि वरिष्ठ साहित्यकार पुष्कर लोहनी, गजलकार डा . घनश्याम न्यौपाने, उ.प्रा. महेश पौडेल, सार्वजनिक पुस्तकालयका अध्यक्ष तिर्थ वन्त, ई.विष्णुवहादुर सिंह र जर्मनी नागरिक प्रा डा. मानफ्रेद गेर्हार्द थ्रोइ, ई. दिनेश चापागाई, महेश कार्की लगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

जापानी कविता भन्ने वित्तिकै हाइकु र ताङ्का भन्ने बुझिन्छ । जापानी र नेपाली भाषाका ध्वनी र उच्चारण फरक हुने भएकाले पनि शब्द चयनहरु गर्दा लेखकहरु सचेत रहन आवश्यक छ, उ.प्रा. पौडेलले भने  । 

वरिष्ठ साहित्यकार लोहनीले हाइकु एउटा सुत्रात्मक शैलीको कविता हो । जापानमा यो कविताले निकै प्रसिद्धि कमाएको छ । सातौँ–आठौँ शताव्दीमा यसको विकास भएको पाइन्छ । उनले भने–‘खाञ्जी लिपीमा धेरै लेखिएका छन् । हामी नेपाली लेखहरु यसमा निकै सचेत भएर कलम चलाउनु पर्ने देखिन्छ ।’ 

वैरागी जेठाद्धारा संचालित अन्तरसंवाद वरिष्ठ साहित्यकार लोहनीको सभापतित्व र पुस्तकालयका अध्यक्ष वन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै