४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

| सर्लाही (हरिवन)

सर्लाही हरिवन नगरपालिका४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको लागतमा पाडा फार्म खोल्दै उदाहरणीय काम सुरू गरेका छन् । आफ्नो पैत्रिक सम्पति ६ कठ्ठा जग्गा र भाडामा लिएको ३० कठ्ठा जग्गामा तीनघरे पाडा फार्मको नामबाट पशु व्यवसाय सुरुवात गरेको हो ।

कृषि प्रदान देश भएर पनि कृषि पेशा लोप हुन लागेको अवस्थामा सर्लाहीका युवाहरु भने पशु पालन व्यवसाय तर्फ आकर्षित भएका छन् । यसले कृषि पेशालाई थप टेवा पुग्ने तरिकाले पशु व्यवसायतर्फ युवाहरु कम्मर कसेर लागेका छन् । छोटो समयमा राम्रो आम्दानी लिन सकिने, समय र मेहेनतमा लगानी गर्न सके विदेशको जस्तो आम्दानी स्वदेशमा नै लिन सकिने देखे पछि प्रकाश तामाङ पशुपालनमा अघि सरेका हुन् ।

बुधबार हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले रिबन काट्दै पाडा फार्मको उद्घाटन गरेका हुन् । फार्म सञ्चालक तामाङले हरिवनमा रहेको ज्योती बिकास बैंकको ३० लाख आर्थिक ऋण सहयोगमा व्यवसाय खोलेको बताए । सञ्चालक तामाङले आफू मात्रै आत्मानिर्भर नभइ फार्ममा ४ जनालाई समेत रोजगारी दिइ फार्मका मालिक बनेका छन् ।

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी तर्फ आकर्षित भइरहेका बेला तामाङले आफ्नो गाउँ–ठाउँको विकास र आर्थिक सम्वृद्धीको बाटोमा उधम व्यवसाय मार्फत समाज रुपान्तरण र कृषि पेसाको समेत जगेर्नाको काममा लागेको खुसी ब्यक्त गरे । उनले फार्म संञ्चालक तामाङको कार्यको प्रशंसा गर्दै अन्य युवाहरु पनि अब वैदेशिक रोजगारीमा तर्फ होइन, आफ्नै देशको कृषि क्रान्तीमा लाग्न आग्रह गरे ।

उद्घाटन कार्यक्रममा वडानम्बर २ का अध्यक्ष अर्जुन महतो, वडा ६ का प्रल्हाद बुढाथोकी, अखिल नेपाल किशान संघका केन्द्रीय नेता राजकुमार उप्रेती, सामाजिक अभियन्ता एवं नेकपाका नेता चुडामणि वाग्ले, बिदुर प्याकुरेल, पशुचिकित्सक एवं सामाजिक व्यक्तित्व राम प्रसाद घिमिरे, वडा नम्बर ४ की वडा सदस्य तथा कार्यपालिका सदस्य लिलि घिसिङ, महिला नेतृ संचिता घिमिरे, पद्मा मोक्तान लगायत विभिन्न वक्तित्वहरुको उपस्थिति रहेको थियो

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

वितिय संस्था र लाभग्राहीबीच अन्तरक्रिया

img

उतरगया गाउँपालिका–५ माझगाउँमा दुईदिने वितिय संस्था र लाभग्राहीबीच अन्तरक्रिया भएको छ ।  जिविकोपार्जन ...

पत्रपत्रिका

सबै