पसिनाको अन्तरक्रिया र सम्मान 

| काठमाडाैं

बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले बुधबार राजधानिमा एक कार्यक्रमको आयोजना गरेको छ । 

अरु चलचित्रहरुले प्रदर्शनको पुर्ब सन्ध्यामा रेड कार्पेट प्रिमियर गर्छन तर ’पसिना’ युनिटले भने ’पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६’ को आयोजना गरेको हो । उक्त कार्यक्रममा चलचित्रको बारेमा अन्तरक्रिया तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पूर्वमन्त्री भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।  

पूर्वमन्त्री भद्रकुमारी घलेले यस्ता किसिमका चलचित्रले समाजमा सकारात्मक संदेश दिने भएकाले यस्ता चलचित्रहरु निर्माण हुनुपर्ने बताए । अहिले नेपाललाइ इमान्दारी व्यक्ति र सत्कर्म गर्ने व्यक्तिको आबश्यकता रहेको औल्याउदै नेपाललाई पसिना बगाउने व्यक्तिको खाँचो रहेको बताइन् । 

चलचित्रका प्रमुख कलाकार सरोज खनालले चलचित्रहरु निर्माण हुनु अत्यन्तै आबश्यक रहेको बताए । 

निर्माता शान्ता ढकालले सामाजिक बिषयवस्तुको चलचित्रमा लगानी गरेको बताईन् । निर्माता इन्जिनियर संजय महतोले आफु पनि मजदुर नै भएकोले मजदुरको कथा बोलेको चलचित्र ’पसिना’ मा लगानी गरेको बताए ।  
निर्देशक आर.बि.शरदले कार्यक्रममा बोल्दै चलचित्र निर्माणमा सहयोगी भूमिका निभाउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे । चलचित्रले ’गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने मूल नारा बोकेको छ,चलचित्रले काम कुनै पनि सानो ठुलो हुँदैन, मजदुर बिना मालिक बन्न सकिन्न भन्ने कुरा  उठाईएको निर्देशकले बताए ।

सम्मानित हुनेमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, रबि गिरि, गौरब पहाडी, सुरजनी केसी, छायाँकार रामकुमार केसी, नृत्य निर्देशक शिब बिक, शारदाप्रसाद धिताल, रामकाजी बस्न्यात, समिता केसी, अनिता केसी, सचिन रौनियार, संगीता शाह, सहिम शाह, गीता देवी मैनाली, संगीता धमला, मीना शर्मा, दिपक डोटेल, सोनि अधिकारी, दीपशिखा शर्मा, सावित्री भुजेल, मोहनदेव बिष्ट, सीमा राई, राजेन्द्र कपाली, मानबहादुर तामाङ लगाएत रहेका छन् ।
चलचित्रलाइ आर बि खत्री ‘शरद’ ले निर्देशन र कथा पनि निर्देशकले नै लेखेका हुन् । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् । 

गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको गीतमा फिल्ममा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।

प्रतिकृया दिनुहोस्

पूर्वबाट शुरु भो ‘अन्धकार’

img

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । शनिबार ...

 ‘चोलि तुनामा..’ सार्वजनिक 

img

स्टार फिल्मस्ले लोक, आधुनिक भाकामा ‘चोली तुनामा...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजकुमार ...

मिसेस नेपाल ग्रान्ड–२०१९ हुदै

img

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अवसरका लागि ‘मिसेस नेपाल ...

जयनकुमार चलचित्र बिकास बोर्डमा

img

तामाङ चलचित्र संघ नेपालका महासचिव जयनकुमार माेक्तान आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन ...

गायक बिशालको लभ्ली माईली बजारमा

img

बिशाल पाख्रिनले वैदेशिक रोजगारीसँगै गीतसंगीतलाई पनि अघि बढाइरहेका छन् । सांगीतिक अगाडि ...

भाटको ‘नेपाल आमालाई’ सार्वजनिक 

img

राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई...’ बोलको भिडियो सार्वजनिक गरिएको छ । मिना लामाको ...

पत्रपत्रिका

सबै