महिला नेतृत्व विकास तालिम सुरू

| सर्लाही (बागमती)

सर्लाहीको बागमती नगरपालिकामा तीन दिने महिला नेतृत्व तथा संस्थागत विकास तालिमको बुधबार उद्घाटन गरिएको छ । नगरपालिका भरिका सहकारी तथा विभिन्न महिला समूहमा आवद्ध २५ जना महिला दिदीबहिनीहरुको सहभागीतामा नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले कार्यक्रमको उद्घाटन गरिएको हो । 

महिला विकास शाखा बागमती नगरपालिकाले आयोजना गरिएको कार्यक्रममा नगरभित्रका आफ्ना महिला दिदीबहिनीहरुको नेतृत्व, संस्थागत विकास, क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजले बताए । शुक्रबारसम्म सञ्चालन हुने तालिममा महिला विकास शाखा बागमतीकै कर्मचारीहरुले महिला दिदीबहिनीहरुलाई प्रशिक्षण गराउने आयोजकले जानकारी दिए ।

महिला नेतृत्व भनेको के हो ?, नेतृत्व गर्न के–के आवश्यक पर्छ, संस्थागत विकास भनेको के हो ? यसको किन आवश्यक छ ? यसले महिलालाई के–के फाइदा हुन्छ भन्ने विषयमा आधारित रहेर प्रशिक्षण दिइने उपमेयर लिला कुमारी मोक्तानले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै