धनकुटा घेदुङको छैठौं अधिवेशन सम्पन्न

थेसिस लेखक भण्डारी सम्मानित

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिती धनकुटाको छैठौं अधिवेशन सम्पन्न ।

सोमबार धनकुटामा सम्पन्न अधिवेशनले बिष्णु मोक्तानको अध्यक्षतामा १९ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्ष गंगा राम गोम्देन,सचिव फुर्वा घिसिङ तामाङ,सहसचिव धनबहादुर मोक्तान,कोषाध्यक्ष मानवी तामाङ चयन भएको छ ।

त्यसैगरी सदस्यहरु सन्जिव तितुङ,लाखमान घिसिङ,राम घिसिङ,मनकुमारी गाेले,जयन्द्र घिसिङ,कुल बहादुर तितुङ,साजन माेत्तान लगायत रहेकाछन् । । कार्यक्रमका प्रमुख अतिथि घेदुङका संघिय उपाध्यक्ष गोले, संघिय सदस्य लालचन गोङवा, घेदुङ प्रदेश नं.१ का सचिव निरन तामाङ ,धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ लगायतले शुभकामना मन्तव्य क्रममा आर्थिक , शैक्षिक , राजनितिक ,व्यपार व्यवसायमा अघि बढ्न सकियो भने मात्र तामाङ समुदायको विकास हुने कुरामा जोड दिए ।

समारोहमा तामाङ समुदायको भाषा धर्म संकृति पहिचानका लागि नेपाल तामाङ घेदुङमा रहेर महत्वपूर्ण भुमिका र योगदान दिएका पूर्व धनकुटा घेदुङका अध्यक्षहरु भुपलाल बम्जन,विर बहादुर तितुङ,चिन्नतन तामाङ,स्व:कृष्ण तितुङ र तामाङ भाषा तथा संस्कृतिको विषयमा थेसिस लेखेका धनकुटाका गोपाल भण्डारीलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएका थिए ।

कार्यक्रममा चौविसे गाउँपालिका घेदुङका अध्यक्ष जिवन मोक्तान,छथर जोपाटि गाउँपालिका घेदुङका अध्यक्ष मनकुमारी गोले ,किराँत राई आठफरिया समाजका सरकुमारी आठफरिया, हिले खानेपानी उपभोक्ता समुहका सचिव अमित लो,आदिवासि जनजाति महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तामाङ घेदुङ धनकुटाका निवर्तमान अध्यक्ष सिताराम थिङ सभापति रहेका कार्यक्रम वर्तमान कोषाध्यक्ष मानवी मोक्तानले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै