व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज

| काठमाडाैं

यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो। अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ। चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३ अर्ब रुपैयाँ रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान छ। यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो। सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमानअनुसार ११ खर्ब ९९ अर्ब रुपैयाँ खर्च हुनेछ।

सरकारले विलासी वस्तु तथा गुणस्तरहीन वस्तुको आयात निरुत्साहित गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइ गर्न सकेको छैन। सवारीसाधनमा २२९ प्रतिशत हाराहारीमा कर र बैंकले दिने ऋणमा पनि मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्थाले पनि सवारीसाधन आयात निरुत्साहित गरेको छैन।

नेपाल राष्ट्र बैंकले दुई वर्षअघि गरेको अध्ययनमा सरकारले गर्ने खर्चको ७१ प्रतिशत आयातका लागि बाहिरिने गरेको थियो। विकास खर्चतर्फको रकम भने मूल्य अभिवृद्धिमा उपयोग हुन्छ। संघीय संरचनाअनुसार तीन तहको सरकार गठनसँगै तल्लो तहका सरकारमा सवारीसाधन खरिद फेसन बनेको छ।

प्रतिकृया दिनुहोस्

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

img

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका ...

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

img

बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा ...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

img

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय ...

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

img

महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी ...

ओलीको बोलीले हंगामा

img

‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ ...

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

img

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। ...

पत्रपत्रिका

सबै