पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

| काठमाडाैं

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ ।  मूल ऐनको दफा ४१मा यस्तो प्रावधान राखिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय सच्याइएको छ ।

कानूनमन्त्री भानुभक्त ढकालले श्रव्य–दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिने तथा अदालतले श्रव्य–दृश्य संवादमार्फत मौखिक प्रमाण बुझ्न सक्नेलगायतका विषय समावेश गरी प्रमाण कानूनलाई समसामयिक बनाउन प्रमाण ऐन–२०३१लाई संशोधन गर्न बनेको उक्त विधेयक ल्याइएको हो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता तथा मुलकी देवानी संहितामा गरिएको व्यवस्थामा एकरूपता ल्याउन तथा विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकाससँगै प्रमाणका स्वरूपमा परिवर्तन भएकाले नयाँ विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिकृया दिनुहोस्

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

img

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका ...

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

img

बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा ...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

img

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय ...

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

img

महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी ...

व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज

img

यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ...

ओलीको बोलीले हंगामा

img

‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ ...

पत्रपत्रिका

सबै