अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

| दक्षिण कोरिया

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव यो वर्षको पनि सम्पन्न भएको छ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा मे ३ देखि ५ सम्म तीन दिन चलेको महोत्सवमा बौद्धसँग सम्बन्धित सांस्कृतिक कार्यक्रमहरु चलेको थियो । 

दोस्रो दिन शनिबार सउलको दोङ्गुक विश्वविद्यालयको प्राङ्गणमा कोरियाका विशिष्ट बौद्ध धर्म गुरु रेम्पोछेहरुले औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनमा विभिन्न २५ देश सहभागीता रहेको थियो ।

विश्वविद्यालयको प्राङ्गणबाट जोङ्गाकको झोगेसा गुम्बासम्म लगभग ५ किलोमिटर शान्तिको सांस्कृतिक नाचसँगै रथयात्रा गरेका थिए । यात्रामा नेपालीबाट बौद्ध स्तुप, झण्डा र अन्य देशका बुद्ध मुर्तिहरुको र यात्रा गरेका थिए । यात्रामा आ–आफ्नो देशका राष्ट्रिय तथा जातिय पोशाकमा सहभागी भएका थिए । 
आइतबार झोगेसा गुम्बा परिसर र मुख्य सडकमा लगभग ५० वटा टेम्पल स्टे खाना लगायत मौलिक वस्तुगतको प्रदर्शनी तथा किनबेचको महोत्सव चलेको थियो । कोरियन लगायत अन्य देशहरुमा नेपाल, श्रीलंका, थाइल्यान्ड, भितनाम, इन्डोनिसिया, जापान,  बांग्लादेश, लावस आदिको बौद्ध धार्मिकसँग सम्बन्धित सामान, फोटो छुटाछुट्टै प्रदर्शनीमा राखेका थिए । नेपालको सहभागीको लागि यहाँ रहेका नेपाल बौद्ध परिवार र सउल नेपाल गुम्बाले व्यवस्थापन र संयोजन गरेका थिए ।

महोत्सवको मञ्चमा नेपालकोतर्फबाट लामाको प्रस्तुति र ह्योल्मो नाच, श्रीलंका मौलिक नाच, थाइल्यान्डका मौलिक नाच र गीत, कोरयन सांस्कृतिक मौलिक बाजागाजाको साथमा धुन, गीत र नाच प्रस्तुत गरेका थिए । 

नेपालमा २५६३ बुद्ध जयन्ती यही जेष्ठ ४ (मे १८) मा लुम्विनी, बौद्ध, स्वयम्भू लगायत देशभरका बौद्ध गुम्बा विहारहरुमा मनाइदैछ  ।

प्रतिकृया दिनुहोस्

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

img

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ...

साकुरासँग मनका कुरा (फोटोफिचर)

img

मौसम फूलैफूलको हो । बसन्त ऋतुमा सबै ठाउँमा फूलफुल्ने र मौसम परिर्वतन ...

बौद्ध तेमाल जात्रा (फोटोफिचर)

img

काठमाडौंको बौद्ध परिसरमा वर्षेनी जात्रा लाग्ने गरेकाे छ । बिहिबार बिहानै देखि बौद्ध ...

पत्रपत्रिका

सबै