लिरूङ हिमाल आरोहण अनुमति 

| रसुवा
फाइल

लिरूङ हिमाल आरोहणका लागि सरकारले अनुमति दिएको छ । गोसाईकुण्ड गाउँपालिका–४ क्याङजिङमा ७ हजार २ सय ३४ मिटर उचाईमा रहेको छ । 

लाङटाङ राष्ट्रिय निकुञ्जको आर्थिक बर्ष २०७५÷०७६ को ९ महिनामा १२ हजार पर्यटक यस रूटमा भित्रिएका छन । जसमध्ये ३ हजार ३७ नेपाली, ९ हजार ४५ विदेशी ३ हजार ९ सय सार्क राष्ट्रका पर्यटन रहेको निकुञ्जले जानकारी दिए । 

पर्यटन विभागका अनुसार २०१९ मे ३ सम्म ३० ओटा हिमाल आरोहणका लागि ८ सय ४२ समूहले अनुमति लिएका छ । यो सिजनमा ८ सय ४० जना र समर सिजनका लागि २ जना गरि ८ सय ४२ जनाले विभिन्न हिमाल आरोहण गर्नेछ  । रसुवाको लाङटाङ लिरूङ आरोहणका लागि एक समूहले अनुमति लिएको छ, जसमा दुई सदस्य रहेका छन् ।

निकुञ्ज कार्यालयका अनुसार १ सयदेखि २ सय जना आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र लाङटाङ गोसाईकुण्ड र तामाङ सम्पदा मार्ग घुम्न आउने गर्दछन् । 

नेपालको तेस्रो गन्तव्य स्थलका रूपमा परिचित लाङटाङ जानेहरू अन्य पिक चढने गरेका छन् । त्यहाँ पुग्नेहरू लाङटाङ, लिरूङ, झाङबु, किस्सुङ, छेर्पाछे, याङजि तेन्जि, युब्रा, मरिमटो, सिसापाङमा, लाङटाङ रि, पेम्दङकर्पु, पाङरि, गुल्दुम, गाङछोम्बा लगायतका पिक तथा हिमाल चढ्न जानेको भिड लाग्ने गरको छ । 

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

img

सर्लाही हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको ...

पत्रपत्रिका

सबै