शैलुङको कोसेली छुर्पी

| दोलखा

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा स्वर दिने कलाकार त्यहीं पुग्छन भनेर । धेरै गीतका सर्जकहरू भन्छन्, सिर्जना केवल कल्पना मात्र नभई यथार्थमा बुनेको हुन्छ । यसैले त परिस्थितिको धरातलमा साक्षात्कार भइदिन्छ । भलै हुनसक्छ, ढिलो वा चाँडो । कालजयी अजरअमर सिर्जनाहरुका सर्जकहरू त्यस्तै कल्पना गर्छन र वास्तविक दुनियाँमा प्रकट हुन्छन्, यसपाली भयो त्यस्तै । शैलुङका थुम्काहरुले सर्जकलाई त भेटे वा भेटेनन । तर कलाकार मोक्तान जोडीलाई वसन्त ऋतुमा उल्लासमय बनेको शैलुङले दिल खोलेर स्वागत गर्यो । यो एउटा कुनै एकादेशको कथा होइन्, मात्र संयोग हो, प्रथम शैलुङ महोत्सवको ।

माथि माथि सैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ..........।
 
तर सफल हुनमा स्थानीय उपजहरुले भने त्यति स्थान पाएनन् । भलै २–४ जनाले भने विना स्टल छुर्पी बिक्री गरिरहेका थिए ।

गीत बोल्छ, शैलुङको माथि माथि चौँरी डुल्छन् । हुन पनि हो, अझै पनि उस्तै छ शैलुङ, उस्तै छ चौँरी डुलाउनेहरुको जनजीवन । फरक यति हो, कुन्ति मोक्तान भन्दै थिइन्, यो गीत रेकर्डिङ गरिरहँदा शैलुङ कस्तो थियो, थाहा थिएन ? आज मैले नजिकबाट देखेँ । शैलुङको काखैमा निर्मित महोत्सवको मंचबाट शैलुङतिर हेर्दै भन्दै थिइन, भावुक हुँदै–‘माथि माथि शैलुङ्गेमा.... ।’ त्यही समयमा संगीत भर्ने दुई छोरीका अभिभावक शिलबहादुर मोक्तान मुसुमुसु हाँस्दै थिए । उसै त शैलुङ उचाइको हिसाबले चिसो डाँडा, आयोजकले बल्लतल्ल बनाएको हिलाम्मे चौरमा विशाल स्टेज । जब कुन्ति मोक्तानको सदाबहार गीत माइकबाट गुञ्जिए, मन थाम्न सकेनन् अतिथिहरुले । अनि स्टेजमै नाच्न थाले, आयोजक दोरम्बा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङ, संघीय सांसद शान्ति पाख्रिन, पूर्व राज्यमन्त्री देवी खड्का । त्यसैगरी उद्घोषक शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल पनि के कम, कम्मर हल्लाउन थालिहाले । आफू त नाचेनन तर हँसिलो मुहारमा संघीय सांसद पार्वत गुरुङ पनि ताली पड्काइरहे । सहभागीहरुले पनि मञ्च आसपासका हिलो परवाह नगरी नाच्नमा मस्त भए । यो दृश्य हो, महोत्सव उद्घाटन सत्रको । त्यसो त अरु कलाकारहरुले पनि महोत्सवलाई सफल बनाउन चिसो मौसममा गरम प्रस्तुतिहरू दिइरहे ।

शैलुङको मुहारलाई उज्यालो बनाउन टाढाटाढाबाट अवलोकनकर्ताहरू हिलाम्मे बाटो र विकटताको परवाह नगरी आएका थिए । महोत्सव स्थलमा त्यतिखेर रौनकता थपिन्थ्यो, जबजब मौसम खुल्नसाथ हेलिकप्टरबाट प्रमुख अतिथि आउँछन् भनेर । उद्घोषकले दर्शकलाई ध्यानाकर्षण गर्दै थिए, प्रमुख अतिथि आइपुग्नै लागेको । त्यहीबेला हेलिप्याड अवतरण स्थान वरपर सुरक्षाकर्मीहरू देखिन थाले । जब मध्यान्ह भयो, प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी रद्द भयो । मौसम प्रतिकूल नभएको कारणले उनको आगमन रद्द भएको आयोजकले जानकारी गराए । बाध्य भएर संघीय सांसदद्धय पार्वत गुरुङ र श्याम श्रेष्ठले महोत्सवको उद्घाटन गरे ।

त्यसो त महोत्सवको नारालाई कार्यक्रम स्थलको सजावट, स्थान छनोट, भौगोलिक विकटता र व्यापारिक स्टलको दयनीय अवस्थाले गिज्याइरहेको आभास हुन्थ्यो । शैलुङको स्थानीय वस्तुको प्रवद्र्धनलाई पर्यटनसँग जोड्ने नारा दिएका थिए, शैलुङ महोत्सव २०७६ लाई सफल पारौं । तर सफल हुनमा स्थानीय उपजहरुले भने त्यति स्थान पाएनन् । भलै २–४ जनाले भने विना स्टल छुर्पी बिक्री गरिरहेका थिए । घरीघरी अवलोकनकर्ता त्यतै झुम्मिन्थे । छन् त थिए, उही शहरबाट मोटर चढेर शैलुङ पुगेका टुवोर्ग, विस्कीका कार्टुनहरू साथमा पोर्क, मटन र चिकेन चिल्लीका परिकारहरू । स्पेशल डिसका आइटम अर्गानिक जीव्राहरुलाई प्रतिक्षा गरिरहेका थिए । लाग्थ्यो कतै शैलुङमा आधुनिक शहरका खानाहरुले अर्गानिक स्वादलाई गिज्याउने त होइनन् ।

उकालीहरुमा कोही बुद्धचित्तका माला जब्दै उक्लिनेछन्, भने कोही रुद्राक्षका माला जब्दै उक्लिनेछन् । सबै पुग्नेछन्, एकै ठाउँ उही साङ्गेलुङको काखमा । तल झरेपछि खानेछन मुडेका आलुका परिकारहरू । तत्तातो आलुका परिकार रोजाइ आआफ्नै हुनेछन् । त्यसपछि हेर्नका लागि चौँरी गोठतिर कोही जानेछन् । पुग्नेछन् गोठगोठमा चाख्नेछन्, तत्तातो पोषिलो दुध र यसका परिकारहरू । खानेले खान्छन्, लानेले लान्छन्, शैलुङको कोसेली स्वरुप छुर्पि र आलु । यसले विस्थापित गर्नेछन्, आयातित बहुराष्ट्रिय कम्पनी महँगा परिकारलाई र दिनेछन् अर्गानिक स्वाद । पूर्वराज्यमन्त्री देवी खड्काले मन्तव्यको क्रममा भनिन् । यो उनको दोस्रो महोत्सवको सपना हो ।

सानो ठाउँ हिलाम्मे बाटोहरू आफैमा सकसपूर्ण लाग्थ्यो । दिन गुजारेर मात्रै हुन्न, रातमा निद्रा त चाहिन्छ नै । तर नाम मात्रैको एकाध होटलहरू पर्याप्त हुनै सक्दैनन् । शैलुङको थुम्कामा सुत्न सकिन्न तर अन्यतिर पर्याप्त ठाउँ छैन । यसो भन्दै थिए, अवलोकनकर्ता दिनेश श्रेष्ठ । उनी हरबखत स्वस्थबद्र्धक एवं अर्गानिक खानाहरू चाहन्थे । पूर्वमन्त्रीहरू र बहालवाला सांसदहरु, सरकारका जिम्मेवार पदाधिकारीहरू समेत मन्तव्य सकेलगत्तै आआफ्ना गन्तव्यतिर लागे । हुन सक्थ्यो आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने हो भने उनीहरुलाई आयोजकले दुई रात त्यही बस्ने व्यवस्था मिलाउनुपर्थ्यो । अरुलाई पनि प्रेरणा मिल्थ्यो, व्यापार प्रवद्र्धनमा थोरै भएपनि टेवा पुग्थे ।

शैलुङका धार्मिक, प्राकृतिक उपहारहरू उपयोग गर्न सकिएको छैन । यसको विकासको लागि संघीय सरकारले गर्नुपर्ने सांसद श्याम श्रेष्ठले भने । शैलुङ सबैको सम्पत्ति हो, यसको सबैले प्रचारप्रसार र जगेर्ना गर्नुपर्नेमा, सांसद पार्वत गुरुङले जोड दिए ।

सय थुम्काको शैलुङ प्राकृतिक एवं जैविक विविधताले सम्पन्न छ । शैलुङभूमि महादेव लगायतका ऋषिमुनिहरुको तपोभूमि शैलुङलाई चिनाउने चौँरी, याक, १०८ थुम्का, पद्य्मसम्भवका पद्चापका चिन्ह देख्न सकिन्छ । त्यसैगरी शैलुङश्वरी महादेव, बाघढुङ्गा र जार काट्ने तरबार पनि छन् । विभिन्न प्रजातिका लालीगुराँस, सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा, बौद्ध चैत्य लगायत स्थलहरुको दृश्यले सबैको मन लोभ्याउँछ ।

राजधानी काठमाडौं, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत आसपासका क्षेत्रबाट पुग्न सकिने शैलुङमा स्थल मार्गको स्तरोन्नतिमा ध्यान दिनुपर्ने देखिन्छ ।

कुनै पनि वस्तु आफैमा सुन्दर भएर मात्रै पुग्दैन । त्यसको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्छ । शैलुङ समुद्री सतहबाट ३१४५ मीटरको उचाईमा रहेको नचम्किएका हिराहरुमध्ये एक हो ।

संघीय सरकारले यसपालीको स्थानीय सरकारको पहिलो प्रयासलाई मुर्त रुप दिन यसै आर्थिक वर्षमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारको पहलकदमीलाई सबैले होस्टेमा हैसे गर्नु जरुरी छ । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सम्पन्न यस्ता महोत्सवहरुले आन्तरिक तथा बाह्य पर्यटकको बृद्धि गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्भावनाको ढोका खोल्नेमा कसैको दुइमत नहोला ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै