शैलुङमा पर्यटकको ओइरो

महोत्सवको संकेत आन्तरिक आयमा बृद्धि

| दोलखा

माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई...बोलको गीत गाएर गायिका कुन्ती मोक्तानले महोत्सवको उद्घाटन गरिन् । सम्भवतः उनलाई तत्कालीन समयमा यो गीत रेकर्डिङ गरिरहँदा शैलुङ कस्तो थियो, थाहा थिएन ? आज उनीले यसै महोत्सवको अवसरमा शैलुङलाई नजिकबाट नियाल्न पाउँदाको खुशी साटिन् । 

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ऐतिहासिक रुपमा प्रारम्भ भएको छ । 

शैलुङ, मेलुङ र दोरम्बा गाउँपालिकाले पर्यटनको प्रबर्द्धन तथा सम्बर्द्धन  गर्ने उद्देश्यले आयोजित महोत्सवको संघीय सांसद पार्वत गुरुङ, श्याम श्रेष्ठ, शान्ति पाख्रिन लगायतले उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटनमा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम थियो, तर शुक्रबार मौसम खराबीका कारण कार्यक्रममा आइपुग्न सकेन ।

महोत्सवमा संघीय सांसद गुरुङले शैलुङ सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै विश्वसामु चिनाउन लाग्नुपर्ने बताए । उनले तीनै तहको सरकारले आधार बर्षको रुपमा काम अगाडि बढाउदै विकास, सुखी र समृद्ध नेपालको सपना पुरा गर्ने बताए । 

संघीय सांसद श्याम श्रेष्ठले महोत्सव भन्ने वितिकै नाचगान मात्रै नभई यो विश्वसामु प्रचारप्रसार गर्नको लागि गरेको बताए । उनले भने,–‘शैलुङका धार्मिक, प्राकृतिक उपहारहरु उपयोग गर्न सकिएको छैन ।’ उनले यसको विकासको लागि संघीय सरकारले गर्नुपर्ने भूमिका निरन्तर गर्ने प्रतिवद्धता गरे । 

शैलुङ प्रथम (साङ्गे म्हारमोचे), पाँचौ पद्यसम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमि हो, स्थानीयकाे जनविश्वास छ । यसको पर्यटकीय दृष्टिकोणले प्रचारप्रसार गर्नु सबैको दायित्व हो । 

प्राकृतिक एवं जैविक विविधताले सम्पन्न शैलुङभूमि महादेव लगायतका ऋषिमुनिहरुको तपोभुमि शैलुङलाई चिनाउने चौरी, याक, १०८ थुम्का, पद्य्मसम्भवका पद्चापका चिन्ह, शैलुङश्वरी महादेव, बाघढुङ्गा, जार काट्ने तरबार, विभिन्न प्रजातिका लालीगुराँस, सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा, बौद्ध चैत्य लगायत प्राकृतिक एवं पर्यटकीय स्थलहरुको दृश्य अवलोकन गर्न सकिन्छ । 

महोत्सवलाई राजधानी काठमाडौं, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत आसपासका क्षेत्रबाट अवलोकनकर्ता पुगेका थिए । 

महोत्सव अवलोकनका लागि प्रदेश ३ का सांसद पशुपति चौलागाई, विशाल खड्का, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाका सभापति रुद्रबहादुर खड्का, राष्ट्रिय युवा संघ परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल, नेता कमल चौलागाई लगायतका थिए । 

महोत्सवमा कलाकारहरु पल्पसा डंगोल, सुरविर पण्डित, प्रेम लोप्चन, रोज मोक्तान, शशिकला मोक्तान, अविनाश घिसिङ, लोकेन लामा, लाक्पातेञ्जि शेर्पा, हिमालयन इन्डिजिनियस कल्चरल ग्रुप लगायतले प्रस्तुति दिइरहेका छन् । साथै लामा, झाँक्री, ताम्बा लगायतले महाेत्सव राैनकता थपेका थिए । 

ऐतिहासिक, पुरातात्विक, जैविक विविधतायुक्त सय थुम्काका वरिपरि आदिवासी जनजातिका संगम थलोलाई विश्वसामु चिनाउने पहिलो प्रयास हो, आयोजक समितिका संयोजक कमानसिंह तामाङले भने । उनले स्थानीय सरकारले प्रचारप्रसार गरी सरोकारवाला रामेछाप र दोलखाका बासिन्दाको समृद्धिको सपना साकार पार्ने प्रयत्नमा जुटेको बताए । 

शैलुङ क्षेत्र आफैमा हिमाली क्षेत्र हो । तामाङ, शेर्पा, नेवार, मगर, क्षेत्री, ब्राम्हण लगायतका जाति बसोबास रहेको छ । स्थानीय रितिरिवाज, लवाईखवाई र चालचलन आफैमा आकर्षणको केन्द्र हो । हिमाली क्षेत्रमा पशुपालनको रुपमा चौरीपालन, आलु खेती र बहुमुल्य जडीबुटिको भण्डार रहेको छ ।  

शैलुङ समुद्री सतहबाट ३१४५ मीटरको उचाईमा रहेको छ । काठमाडौंदेखि अरनिको राजमार्गको मुडेबजार हुँदै पुग्न सकिन्छ । मन्थलीदेखि खिम्ति–फुलासी–देवीटारबाट पनि पुगिन्छ । यसैगरी सित्खादेखि खाँडादेवी हुँदैे सडक मार्ग तथा पैदल मार्ग भएर पुग्न सकिन्छ । 

प्रतिकृया दिनुहोस्

पूर्वबाट शुरु भो ‘अन्धकार’

img

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । शनिबार ...

 ‘चोलि तुनामा..’ सार्वजनिक 

img

स्टार फिल्मस्ले लोक, आधुनिक भाकामा ‘चोली तुनामा...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजकुमार ...

मिसेस नेपाल ग्रान्ड–२०१९ हुदै

img

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अवसरका लागि ‘मिसेस नेपाल ...

जयनकुमार चलचित्र बिकास बोर्डमा

img

तामाङ चलचित्र संघ नेपालका महासचिव जयनकुमार माेक्तान आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन ...

गायक बिशालको लभ्ली माईली बजारमा

img

बिशाल पाख्रिनले वैदेशिक रोजगारीसँगै गीतसंगीतलाई पनि अघि बढाइरहेका छन् । सांगीतिक अगाडि ...

भाटको ‘नेपाल आमालाई’ सार्वजनिक 

img

राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई...’ बोलको भिडियो सार्वजनिक गरिएको छ । मिना लामाको ...

पत्रपत्रिका

सबै