सुन्दरीजलमा शैक्षिक सामग्री

| काठमाडाैं

सुन्दरीजल आधारभूत विद्यालय गोकर्णेश्वर नगरपालिका–१ मुलखर्कमा तामाङ डाटावेसको अगुवाईमा आइतबार शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

स्व. नैनसागर लामाको १६ औं पुण्यस्मृतिमा उनका छोराछोरीले वितरण गरेका हुन् ।

गोकर्णेश्वर नपा ५ निवासी तामाङ डाटाबेसका संस्थापक एवं आइटी ईन्जिनियर सञ्जय लामा, शुशीला लामा , सुवास लामा र सुनिता लामाले पिताको सम्झनामा सहयोग गरेका हुन् ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अध्ययनमा उत्साह थपियोस भनेर थोरै भएपनि सामग्री सहयोग गरेको आइटी ईन्जिनियर लामाले बताए । 

यसैगरी अर्का सहयोगी शुशीलाले बाल्यकालमा बुबाले गरेको माया स्मरण गर्दै विद्यालयलाई सहयोग गरेको बताइन् । उपत्यकाको उत्तरी क्षेत्र मुलखर्कमा रहेको उक्त विद्यालय २०३४ सालमा स्थापना भएको हो । तामाङ समुदायको बिद्यार्थी बाहुल्यता रहेको उक्त विद्यालय राष्ट्रिय निकुञ्जभित्र रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नानीमाया लामाको सभाध्यक्षतामा हस्तान्तरण कार्यक्रममा प्रधानाध्यापक प्रकाश कर्माचार्य, सहायक प्रधानाध्यापक गणेश श्रेष्ठले सहयोगी मनप्रति अनुग्रहित भई निरन्तरताको अपेक्षा सम्बोधन गरेका थिए ।

आइटी ईन्जिनियर लामाले विगत ५ वर्षदेखि करिब २ लाख तामाङहरु सदस्य रहेका तामाङ डाटाबेस संचालन गर्दै आइरहेको छ । यसैको अगुवाईमा विभिन्न ठाउँमा सहयोग र अन्य विविध सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । यसैको निरन्तरतामा उक्त विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 

प्रतिकृया दिनुहोस्

सति घाटु नाच : महिनावारी अगावैको कन्या चाहिने

img

हरेक बर्ष मनाउने गरेको परम्परागत गुरूङ समुदायको ३ दिनसम्म मनाईने सति घाटु ...

म्हेन्दोमायामा राजकिङ

img

म्हेन्दोमाया कलाकार संघ नेपालको दोश्रो वार्षिक साधारण सभासहित अधिवेशन शुक्रबार सम्पन्न भएको ...

तामाङ डाजाङको इतिहास

img

तामाङ भाषा, साहित्यलाई सम्बद्र्धन र संरक्षण गर्ने हेतुले रविन्द्र तामाङ, दीपक घिसिङ, ...

हरिहरपुरगढीमा मातृभाषा प्रशिक्षण 

img

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मातृभाषाको प्रशिक्षण सुरु गरेको छ । बुधबार क्यानेश्वरको क्वाटरमा ...

घेदुङको वडा कमिटी गठन

img

नेपाल तामाङ घेदुङले भरतपुर–७, कृष्णपुरमा वडा कमिटी गठन गरेको छ । सन्तोष ...

छोरङानमा माया

img

छोरङान महिला समाजको एघारौं साधारणसभाले अध्यक्ष माया लामा (थिङ) को अध्यक्षतामा नयाँ ...

पत्रपत्रिका

सबै