याकुमा ‘जोडी परेवा’

| भोजपुर

नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ प्रदर्शन गरिएको छ । स्थानीयस्तरमा रङ्गमञ्चको प्रवद्र्धनमा समर्पित युवाहरूद्वारा उक्त नाटक प्रदर्शन गरिएको हो । 

नाटककको लेखन तथा निर्देशन सन्तोष थापा, तिलक थापा र पुजन आचार्यले सहनिर्देशन गरेका थिए । 

सामाजिक विषयवस्तुमा आधारित नाटकमा पुजन आचार्य, तिलक थापा, भूमिका ढकाल, सन्तोष थापा, उर्मिला ढकाल, कमला थापा, योगेन्द्र ढकाल, अस्मिता राई, सुस्मिता आचार्य, भावना ढकाल, सुमन आचार्य लगायतका कलाकारले अभिनय गरेका थिए । 

नाटकलाई अरुण कला–साहित्य समाजले प्रस्तुत गरेको थियो । 

नाटक प्रदर्शनसँगै प्राथमिक विद्यालयस्तरीय र खुल्ला नृत्य प्रतियोगितासमेत गरेका थिए । प्रतियोगितामा नृत्यतर्फ मनिशा थापा प्रथम र रिक्तिमाया तामाङ द्वितीय भएका थिए ।  खुल्लातर्फ मीना भुजेलको समूह प्रथम, भोजकुमारी ढाकालको समूह द्वितीय  र दीपा ढकाललको समूह तृतीय भएका थिए । 

अरुण गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, ५ नम्बर वडाका अध्यक्ष ध्यानबहादुर राई, लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’, चलचित्र निर्देशक गणेश उपाध्याय, उमेश कार्की र पञ्चकन्या निमाविका प्रधानाध्यापक सालिकराम ढकालले शुभकामना दिएका थिए । 

स्थानीय स्तरमा साहित्य, कला तथा संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष अनिश ढकालले बताए ।

प्रतिकृया दिनुहोस्

पूर्वबाट शुरु भो ‘अन्धकार’

img

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । शनिबार ...

 ‘चोलि तुनामा..’ सार्वजनिक 

img

स्टार फिल्मस्ले लोक, आधुनिक भाकामा ‘चोली तुनामा...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजकुमार ...

मिसेस नेपाल ग्रान्ड–२०१९ हुदै

img

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अवसरका लागि ‘मिसेस नेपाल ...

जयनकुमार चलचित्र बिकास बोर्डमा

img

तामाङ चलचित्र संघ नेपालका महासचिव जयनकुमार माेक्तान आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन ...

गायक बिशालको लभ्ली माईली बजारमा

img

बिशाल पाख्रिनले वैदेशिक रोजगारीसँगै गीतसंगीतलाई पनि अघि बढाइरहेका छन् । सांगीतिक अगाडि ...

भाटको ‘नेपाल आमालाई’ सार्वजनिक 

img

राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई...’ बोलको भिडियो सार्वजनिक गरिएको छ । मिना लामाको ...

पत्रपत्रिका

सबै