जापानमा शान्ति पदयात्रा

| जापान

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा सम्पन्न गरेको छ ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उद्देश्य सहित आईतबार टोकियोको हिबिया पार्कबाट गिन्जासम्म शान्ति पदयात्रा गरिएको हो ।

र्‍यालीमा बुद्धको जन्मस्थल लुम्बिनी हो, नेपालबाट संसारभर शान्तिको सन्देश फैलाउँछौं, बुद्ध वाज वर्न इन नेपाल प्लेकार्ड, व्यानर लगायत र्‍यालीमा प्रदर्शन गरेका थिए । 

सन २०१५ बाट नेपाल जापान युथ क्लब र विई फर अल दुई सामाजिक संस्थाहरुको आयोजनामा हुँदै आएको र्‍याली गत वर्षबाट संघले गर्दै आएको संघका महासचिव बुद्धिराज घिमिरेले जनाए ।

बुद्धको जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग पुर्‍याउन शान्ति र्‍यालीले महत्वपूर्ण भूमिका खेलेको आयोजकले दाबी गरे ।

र्‍यालीलाई संघका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

पत्रपत्रिका

सबै