साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

| काठमाडौं

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम रौतहटको चन्द्रपुरमा १५ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । 
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको संयोजन तथा महासङ्घ केन्द्रीय कार्यालयद्वारा आयोजित “साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका” विषयक कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३० सञ्चारकर्मीको सहभागिता रहेको थियो । 
सो अवसरमा राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजन, व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले पत्रकारको सक्रियता भएर मात्रै नभई त्यसमा गुणात्मक र पारदर्शीता भएमा मात्रै यो क्षेत्रको विकास हुने बताउनुभयो । 
पत्रकारले अधिकार मात्रै खोज्ने मात्र नभई आफ्नो कतव्र्य बोध गर्नु पनि जरुरी रहेको बताउँदै उहाँले साना लगानीका सञ्चारमाध्यमको विकास तथा प्रवद्र्धन हुनुपर्नेमा जोड दिनुभयो । 
राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले मोफसलमा रहेका साना लगानीका मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्नेमा जोड दिदैं त्यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 
प्रदेश नम्बर २ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री डिम्पल झाले साना मिडिया र त्यसमा पनि महिलाको सङ्ख्यालाई कसरी अघि बढाउनुपर्नेमा सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले साना लगानीका मिडियाको प्रवद्र्धनका लागि स्थानीय सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । 
महासङ्घ, साना लगानीका मिडिया हकहित तथा संरक्षण समितिका संयोजक गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासङ्घका सचिवद्वय शीतलप्रसाद महतो, रामप्रसाद दाहाल, केन्द्रीय सदस्य सुरेश यादव र गोपाल वराईलीलगायतले श्रमजिवी पत्रकार र साना लगानीका मिडियामा देखिएको समस्या र चुनौती अन्त्यका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिदैं यसको हकहित र प्रवद्र्धनका लागि महासङ्घले जस्तोसूकै कदम चाल्नमा पनि पछि नपर्ने स्पष्ट गर्नुभयो । रासस
 

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै