एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

| इटहरी (प्रदेश १)

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । दुई दिन हुने महोत्सवलाई दुई संस्थाले आयोजना र सहआयोजना गर्ने भएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सङ्गीत साधना प्रतिष्ठान, इटहरीको सहआयोजनामा यही वैशाख २७ र २८ गते हुने उक्त दुई दिने बहुभाषिक सङ्गीत महोत्सवमा प्रदेशका सबै जिल्लाबाट बहुभाषी सङ्गीत साधक तथा सङ्गीतकर्मीहरूको सहभागिता रहने प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले बताए । संयोजक प्राज्ञ राईका अनुसार प्रदेश सरकार र स्थानीय सरकारसमेतको संलग्नता रहने बताए ।  कार्यक्रम तयारीका लागि शुक्रबार इटहरीमा सम्पन्न सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको भेलाले महोत्सवलाई व्यवस्थित र भव्य बनाउनका लागि राम धामीलाई स्थानीय मूल समिति संयोजक चयन गरेको छ ।

महोत्सवलाई व्यवस्थित बनाउन दुर्गा पराजुली, सोनु जयन्ती, प्रेम अधिकारी, श्रीप्रसाद पोखरेल, दिनेश कोइराला, नरेन्द्र कटुवाल र बालकृष्ण सिग्देलको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै