शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

प्रमुख अतिथिले रोपे बिरुवा

| काठमाडौ

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट तथा शुभकामना आदानप्रदान गरेको छ । समितिले साँखुस्थित सलम्बुटारमा शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थ राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता उदय शम्शेर राणा  थियो । प्रमुख अतिथि राणाले शुभकामना मन्तव्यका क्रममा सरकारले समृद्धिका कुरा गरे पनि व्यबहारमा लुटतन्त्रलाई प्रोत्साहन दिएको आरोप लगाए । उनले थपे-सुनकाण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्म सरकारमा रहेका पार्टीका बरिस्ठ नेताहरु मुछिएका छन् ।उनले - सरकार गठन भएको एक वर्ष भन्दाबढी भैसक्दा पनि समृद्धि प्रधानमन्त्री र मन्त्रीहरुको मुखमा सिमित भएको बताए । प्रमाणसहित भ्रष्टाचारीहरु घुमिरहदा समेत सरकार नदेखे झै गरेको उनले बताए । ‘दुई तिहाइका नाममा सरकार अराजक बनेको आरोप लगाए’, नेता राणाले भने-सरकारको अराजक कार्यशैलीविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्छ ।

त्यसैगरी कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारी,महासमिति सदस्य ईश्वर मानन्धर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्यकै क्रममा महासमिति सदस्य बर्मा लामाले पार्टीले आयोजना गर्न लागेको जागरण अभियानलाई सफल बनाउन कार्यकर्तालाई निर्देशन दिए । उनले - सरकारलाई खवरदारी गर्न र पार्टीलाई सशक्त बनाउन सबै नेता कार्यकर्ता गाउँगाउँ जानुपर्ने बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि मोति मोक्तान,च्याङ शेर्पा,जिल्ला कार्यसमितिका सदस्य सिङ बहादुर घिसिङ,वीर बहादुर घतानी,नेविसंघका नेता गोपि शिवकोटी,दोलखा कांग्रेसका नेतृ बिमला योन्जन,कांग्रेस दोलखा-काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष कृष्णध्वज योञ्जन, सचिव बिजय योञ्जन, तरुण दोलखाका पुर्व उपाध्यक्ष कुमार अधिकारी,शैलुङ काँग्रेसका संयोजक उर्मिला कार्की, शैलुङ-१,का तरुण अध्यक्ष शिव घिसिङ लगायत उपस्थिति रहेका थिए ।

उक्त कार्यक्रममा पार्टीले गरेका ब्याज र खादा अन्त्य घोषणालाई समितिले कार्यनयन गरेका थिए । प्रमुख अतिथि राणाले कार्यक्रम स्थलमा स्वामीको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा कलाकारहरु उमा श्रेष्ठ,सपना गुरुङ,डिवी लोप्चन लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस्

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

हत्यारा खोज्न माग

img

जननेता मदन भण्डारी र जिवराज आश्रित हत्याको अनुसन्धान फेरि सुरु गर्न सरकारसँग ...

पत्रपत्रिका

सबै