छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

| सिन्धुपाल्चोक

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ । भुकम्पले क्षती पुर्याएपछी गुम्बाको पुननिर्माण गरी ल्होरी, प्रतिमाको प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।

बिहीवार र शुक्रबार दुई दिनसम्म गरेको पुजामा प्रमुख अतिथि धर्मगुरु श्याल्पातेन्जिङ रिम्पोर्छेले धार्मिक विद्यालय बनाउनुपर्ने बताएका छन् । उनले पठनपाठनको लागि सहयोग गर्ने प्रतिबद्धता गर्दै भारतीय दूतावासलाई अझ थप सहयोग गर्न अनुरोध गरे । दुतावासका नियोग उपप्रमुख डा. अजय कुमारले नयाँ भवन उद्घाटन गर्दै हाम्रो सानो सहयोगले यहाँका गुम्बामा अझ राहत मिलेको बताए । उनले दुतावासले सिन्धुपाल्चोकमा धेरै सहयोग गरेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सिद्दिबज्र लामाले गुम्बाको इतिहास हजार बर्ष पुरानो रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा लामा कुस्योहरुले संरक्षण गरेर राखेको जानकारी दिए । २०३८ सालदेखि कार्यसमिति बनाएर संरक्षण गरिरहेको बताए ।

दुताबासले आवास,भान्छा र कम्पाउण्ड लगायत बनाएका थिए । गोन्पामा म्हाणिछ्योको, बुद्धजयन्ती, ल्होछार, भदौ पूर्णिमा, चैत पूर्णिमा पूजा र घेवा गरिदै आएको छ ।

कार्यक्रममा स्मारिका पनि लोकार्पण गरियो । यो गोन्पा पुर्वको ६ घ्याङमध्येको एक हो । यो गोन्पाको पुरानो नाम टासी धार्गेलिङ हो । ङिङ्मापा सम्प्रदायले १० औं शताब्दीमा बनाएको गोन्पा प्राकृतिक प्रकोपका कारण पछि छोइफेल कुन्देलिङ गोन्पामा परिणत भएको हो, गुम्बाका प्रमुख लामा नोर्बु लामाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

फोनिज प्रदेशको अध्यक्षमा पेमा

img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका ...

पत्रपत्रिका

सबै