रसुवागढी र साञ्जेनको साधारण शेयर खुल्ला

| रसुवा

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा बैशाख ६ गतेदेखि आवेदन खुला भएको छ ।

दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन्। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो।

यसअघि प्रकाशित आह्वानपत्रमा भने दुबै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए। पूँजी बजारको पहुँच फराकिलो बनाउन भन्दै बोर्डले चैत २७ गते निर्देशन जारी गरेर सबै सबै सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागू गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको थियो।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । यसैगरि साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ।

दुबै कम्पनीको शेयरमा मेरोशेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ । ‘जनताको जलविदुत कार्यक्रम’ मा समेटिए पनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ दरले नै खरिद गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

img

सर्लाही हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको ...

पत्रपत्रिका

सबै