शैलुङले दिए चौरीपालकलाई पाँच लाख

| दोलखा

कृषि र पलुपालनलाई जोड दिंदै आएको शैलुङ गाउँपालिकाले चौरीपालक समूहलाई पाँच लाख रुपैयाँ अनुदान दिएको छ । चौरीपालक समूहका चार गोठमा अहिले १ सय २० भन्दा बढी चौरी रहेकोले उत्साहित पार्न यो अनुदान दिएको गाउँपालिका अध्यक्ष भरत दुलालले बताए । 

फूर्वा तामाङ, कस्बहादुर श्रेष्ठ, निमा तामाङ र ढालबहादुर तामाङले चौरीपालन गरिरहेका छन् । उनीहरुलाई गाउँपालिकाले प्रोत्साहित पारेका हुन् । गाउँपालिकाले ५ लाख अनुदान दिएपछि उनीहरुले त्यसमा १० लाख बढी रकम थप गरी उन्नत नश्लका ३० वटा चौँरी सोलुखुम्बुबाट खरिद गरेका छन् । एउटा चौँरी सोलुबाट शैलुङसम्म ल्याइ र्पुयाउँदा ५० देखि ५५ हजार रुपैयाँ पर्ने सदस्य फूर्वा तामाङको भनाइ छ ।

गाउँपालिकाले गरेको सहयोग उनीहरु उत्साहित भएको बताए । उनीहरुले चौँरीपालनलाई निरन्तरता दिने बताएका छन् । अत्यन्तै पोसिलो मानिने चौँरीको दूधबाट प्रमुख रुपमा चीज, छुर्पी, घ्युजस्ता दुग्धजन्य पदार्थको उत्पादन गरिन्छ । शैलुङका दुग्धजन्य उत्पादनको राजधानी काठमाडौंमा पनि ठूलो माग छ ।

गाउँपालिका अध्यक्ष दुलालका अनुसार शैलुङका उच्च भूभागमा चौँरी पालनको सम्भावना ठूलो भएकोले व्यवसायिक चौँरी पालन गर्नेलाई आगामी वर्षमा पनि अनुदान दिईनेछ । 

प्रतिकृया दिनुहोस्

सुदूरपश्चिमको २८ अर्ब १६ करोड बजेट(पूर्णपाठ)

img

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ ...

सान्जेनमा तीन बैकको लगानी

img

आमाछोदिङमो गाउँपालिकामा निर्माणाधिन साङजेन खोला जलविद्युत् आयोजनाका लागि तीन बैकले लगानी गर्ने ...

मेगाले दिए क्यूआर कोड

img

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई ( QR code) क्यूआर कोड हस्तान्तरण ...

एकललाई कृषि सामग्री 

img

नौकुण्ड गाउँपालिका–४ सरमथलीका ३० जना अति विपन्न एवं एकल महिलाहरुलाई कृषि सामग्री ...

मानसरोवर जाने बढे 

img

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तिर्थयात्री बढेका छन् ।  अरुबाट भन्दा रसुवागढीबाट ...

स्थानीयलाई ८२ करोड ३७ लाख

img

रसुवाका पाँचवटा स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड ३७ लाख ...

पत्रपत्रिका

सबै