अभिभावकहरु भ्रममा नपर्न महेन्द्र विद्यालयको आह्वान

| नुवाकोट

श्री महेन्द्र आवशीय विद्यालयले प्रेस विज्ञप्ती जारी गरेर अभिभावकहरुलाई भ्रममा नपर्न आह्वान गरेको छ । ०७६ सालको शैक्षिकसत्र सुरु भएलगतै शिवपुरी गा.पा. वडा नं. ८ स्थित यस विद्यालयको बारेमा भ्रामक हल्ला फैलिएकोले यस्तो आह्वान गरेको हो ।

विद्यालयले जनाएअनुसार हाल यो विद्यालय खारेज हुने हल्ला एकाएक फैलिएको छ । यस्तो कपोलकल्पीत झुट्टा सूचनाहरुले अभिभावकहरुलाई भ्रमित परेको जनाइएको छ । झुट्टा कुराहरु नगर्न र नगराउन साथै यस्ता निराधार कुराहरुमा कुनै सत्यता नभएकोले विश्वास नगर्न विद्यालयले अनुरोध गरेको छ । 

विज्ञप्ती अनुसार यस्ता अनावश्यक हल्ला फैलाउने माथी प्रचलित कानुन बमोजीम कारवाही गर्ने भएको छ । 
नयाँ शैक्षिक सत्र २०७६ मा आफ्ना नानी बाबुहरुलाई पठाउन पनि विद्यालयले अभिावकहरुलाई अनुरोध गरेको छ । साथै, २०७६ सालको बैशाख २ देखि १० गतेसम्म विद्यालयमा भर्ना खुलेको जानकारी पनि गराएको छ । सामुदायिक विद्यालयको संरक्षण र सुधारमा सहयोग गर्नु  सम्पूर्ण अभिभावकहरुको दायित्व भएको पनि विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै