साउदीमा गजल प्रतियोगिता

| साउदी, रियाद

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरले गजल प्रतियोगिता सम्पन्न गरेको छ । च्यापटरले प्रतियोगिता अप्रिल १२ तारिखमा रियादस्थित रमादा होटेलमा सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावास राजदूत प्रा.डा.महेन्द्र सिंह राजपूत रहेका थिए । त्यसैगरी विशिष्ट अतिथि नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा रहेका थिए ।

गजल प्रतियोगितामा १० जना प्रतियोगिहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा ईम राना मगर प्रथम भएका थिए । त्यसैगरी द्वितीय प्रकाश शर्मा,तृतीय निरु बस्नेत र सान्त्वना पुरस्कार तारा कुमार राईले जितेकी थिइन् ।

प्रतियोगिताको निर्णयका मण्डलमा संयोजकको रुपमा साहित्व चौतारी नेपालका सल्लाहकार लालबहादुर क्षेत्री बगालेको संयोजकत्वमा राजदूतावास नियोग उप प्रमुख शर्मा, नेपाली समाजका प्रतिनिधिहरु द्वारिका राज गिरी, अमृत पौडेल र च्यापटरका जीतु खड्का गाउँले रहेका थिए ।

कार्यक्रममा प्रथम हुनेले नगद पुरस्कार ५ सय १ रियाल प्रमाणपत्र,द्वितीय ३ सय रियाल प्रमाणपत्र,तृतीय २ सय रियाल प्रमाणपत्र साथै सान्त्वनाले १ सय १ रियाल र प्रमाणपत्र प्राप्त गरेका थिए । 

समारोहमा बाँसुरी बादक राज यात्रीले बाँसुरीको ध्वनी सुनाएका थिए । त्यसैगरी दीपक सेन्चुरी, रबिन गिरी, रोम लामा,विज्ञान राई,च्याप्टरका सदस्य नागेस तामाङ आआफ्ना प्रस्तुति राखेका थिए ।

नेपाली भाषा साहित्यको विकास, प्रवर्धन एवं जगेर्ना, र सर्जक पहिचान र स्रष्टा सम्मान गर्ने हेतुले प्रतियोगिताको आयोजना गरेको आयोजकले बताए ।

च्याप्टरका अध्यक्ष नमराज लामिछाने सभापति रहेको कार्यक्रम महासचिव अरुण बेल्वासेले सञ्चालन गरेका थिए । उपाध्यक्ष बिमल गौतमले स्वागत मन्तव्य राखेका थिए । 

प्रतिकृया दिनुहोस्

जापानमा शान्ति पदयात्रा

img

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा ...

नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसार, कोरियामा हाइकिङ

img

भिजिट नेपाल २०२० को प्रचारप्रसार तथा प्रवद्र्धनको लागि कोरियामा रहेका नेपालीले हाइकिङ ...

पारिवारिक समाजले मनाए चैते दशैसँगै नव वर्ष

img

पारिवारिक समाज नेपाल साउदीले नयाँ वर्षसँगै चैते दशै मनाइएको छ । समाजले बिहीबार ...

मे १२ मा बुद्ध जयन्ती मनाउने, धर्मगुरूबाट प्रवचन

img

गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६३ औं बुद्ध जयन्ती ...

दुबईमा डम्फू साँझ सम्पन्न

img

डम्फू साँझ समिति युएईले "पहिलो डम्फू साँझ-२०१९ वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको ...

सयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोलीको सम्बोधन

img

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ ...

पत्रपत्रिका

सबै