दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता

| काठमाडौं

देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको राजधानी दैनिकमा खबर छ ।

‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार शिक्षा विकास तथा समन्वय इकाइ झापाले निर्देशिकाविपरीत रकम बाँडेको देखिन्छ । लक्षित समूहका विद्यार्थीलाई दिवा खाजाको रकम दिनुपर्नेमा जिल्लाका ३ सय १३ प्राथमिक विद्यालयका १३ हजार ८ सय ६१ विद्यार्थीका लागि २ हजार ७ सय रुपैयाँका दरले ३ करोड ७४ लाख २५ हजार ७ सय रुपैयाँ निकासा दिएको देखिन्छ । निर्देशिकाविपरीत निकासा भएको रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनको निष्कर्ष छ ।

अब विकास र समृद्धिको यात्रा तीव्र गतिमा शीर्षकको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले गत वर्षले आत्मविश्वास सुदृढ बनाएको भन्दै साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचिसहित नयाँ वर्ष २०७६ ले स्वागत गरिरहेको समेत जनाएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा आइतबार देशवासीका नाममा सम्बोधन गर्दै गत निर्वाचनमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरेको चर्चा गरे ।

‘हामीले गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउँछौं । हामीले हाम्रा सम्पूर्ण स्रोत, साधन र प्रयास यसैमा खर्चेका छौं,’ उनले भने ।

त्यस्तै पत्रिकाले न्याय क्षेत्रमै विकृति, पूर्वप्रधानन्यायाधीशको नाममा बेरुजु, सबै नेपालीको बैंक खाता बनाउने अभियान शुरु भएको, वन क्षेत्र अतिक्रमणको चपेटामा, सामाजिक सुरक्षा कोषमा अनियमिततालगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।

प्रतिकृया दिनुहोस्

कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र

img

साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको ...

मेडिकल कलेजले फिर्ता गरेनन् पैसा

img

त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता गरेका छैनन् । ...

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

img

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको ...

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

img

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका ...

नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छन् । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ...

खर्चमा अर्थ मन्त्रालयकै छाडापनः अनुदानकै अनुगमन गर्दैन

आर्थिक अनुशासन कायम गर्ने मुख्य जिम्मेवारी पाएको अर्थ मन्त्रालय र मातहतको कार्यालयको खर्च गराइमा छाडापन देखिएको छ । अर्थले खर्चमा लापरबाही गर्दा उसको बेरुजू क्रमशः बढ्दै गएको देखिएको छ भने ...

पत्रपत्रिका

सबै